काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन्। अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनले बताए । काठमाडौं-प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्त्वले पार्टी फुटाएको जिकिर गरे। ‘अदालतले पार्टी फुटाएको होइन, […]