तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

काठमाण्डाै – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्ध...