काठमाडौंमा ‘बालेन क्रेज’को अर्थ

काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन भन्ने भाष्यविरुद्ध काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा यसपटक ‘स्वतन्त्र’ उम्मेदवारको उपस्थिति सशक्त देखिने अनुभव...

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्र सुधार्न धेरै नीति, नियम बनाउनु छ : अर्थ समितिका सभापति चालिसे

काठमाडौँ : नेपाली काँग्रेसका सांसद तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति, नियम बनाउन आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा नेपाल अर्थोपेडिक अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति चालिसेले स्वास्थ्यको क्षेत्रमा नेपाल अझै पछाडि रहेको बताएका हुन्। उनले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने बताए।उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति नियम बनाउन आवश्यक रहेको उल्लेख

काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ समुदायले आज बाघ वर्षलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरेको हो। ल्होसारका…

काठमाडौंमा तमु ल्होसारको रौनक (फोटो)

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।काठमाडौं टुँडिखेलमा ल्होसारको रौनकता सुरु भएको छ। विभिन्न जिल्लाबाट जम्मा भएका गुरुङ जातिहरू जातिय पोसाकसहित भेला भइसकेका छन्।गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ,

प्रधानमन्त्रीलाई नेम्वाङको दबाब : अर्थ मन्त्रालयको फुटेज बाहिर ल्याइयाेस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका हुन्। प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले

ललितपुरमा ‘हिल द अर्थ’ कन्सर्ट गर्दै आनी छोइङ

काठमाडौं । गायिका आनी छोइङ डोल्माले असार ११ गते सांगीतिक प्रस्तुति दिने भएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आनी छोइङ फाउन्डेसनले कन्सर्टबारे जानकारी दिएको हो । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको प्रेक्षालयमा आनीसहितका कलाकारले प्रस्तुति दिन लागेका हुन् । कन्सर्टमा आनीले आफ्ना चर्चितसहित नयाँ गीत गाउनेछिन् । ‘हिल द अर्थ’ नाम दिइएको उक्त […]

भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्छन् : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भ्यू टावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली कांग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यूटावर बनाउँदैनौँ भनेर उल्लेख गरेको जिकिर गरे।आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यू टावरको विरोध गरेको भन्दै नेपाली कांग्रेसलाई फ्रान्समा बनाइए

अर्थ मन्त्रालयलाई गाली गर्नु आवश्यक छैन, खर्च गर्ने संरचनामै समस्या छ : हरि रोका

अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले मुलुकको...

आफ्नो शक्ति बलियो भएमात्र अरुसँग तालमेलको अर्थ रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने […]

गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

काठमाडौं : आज सापारु। नेपालभाषामा 'सा' को अर्थ गाई र 'पारु'को अर्थ प्रतिपदा हो। यस्तै, यस पर्वलाई साया: समेत भन्ने गरिन्छ। 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको हो। आजको दिन काठमाडौंमा दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर…

‘अर्थको अर्थ’ २८औं वर्षमा

वैशाख १३, काठमाडौं । आइबिएन मिडिया एन्ड रिसर्च प्रालिले निर्माण गरी हरेक आइतवार नेपाल टेलिभिजनबाट प्रसारण गराउँदै आएको नेपालको पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सोमवार काठमाडौंमा ‘वित्तीय क्षेत्रमा डिजिटलाइजेशन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेटमा जायज मागहरूलाई सम्बोधन गरिने बताएका छन् । सबै माग जायज नहुने र जायज मागहरू पनि सम्बोधनमा कहिलेकाहीँ समस्या हुने बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘सबै क्षेत्रको सल्लाह, सुझाव र मागहरूलाई उचित सम्बोधन गर्नेगरी बजेट निर्माण गरिन्छ ।’ पछिल्लो समय कोरोनाको संकट थप बढेकोमा सबैलाई सचेत हुन समेत अर्थमन्त्री पौडेलले आग्रह गरे । सरकारको सही नीति र आमनागरिकको सावधानीका कारण पहिलो चरणमा कोरोना विरुद्धको लडाइँ लड्न सफल भएको भन्दै उनले दोस्रो चरणमा पनि सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे । जनताको जीवनको रक्षा गर्दै आर्थिक सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउनुपर्नेमा जोड दिए । साथै कोभिडबाट जोखिन स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने बताए ।  नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आगामी बजेटमा बैंकिङ क्षेत्रको करको दर घटाउन आग्रह गरे । अहिले ३० प्रतिशत कर लाग्ने गरेको भन्दै त्यसलाई घटाएर २५ प्रतिशतमा झार्दा राम्रो हुने सुझाव दिए । यस्तै डिजिटल कारोबारको प्रवर्द्धनका लागि कर छूट गर्नुपर्ने उनको तर्क छ । कार्यक्रममा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न सरकारले राजस्व संकलनदेखि पेन्सन वितरणसम्मका सबै सरकारी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नुपर्ने बताए । यसैबीच, वार्षिकोत्सव कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका ‘डिजिटल नेपाल’को विमोचन समेत गरिएको छ । सोही अवसरमा संस्थाले एसीसी, नबिल र हिमालयन बैंकका साथै ‘अर्थको अर्थ’को कार्यक्रम निर्माता शंकर पण्डित र सुदूरपश्चिम संवाददाता विवेक नागरीलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।  कार्यक्रमले मुलुकका समसामयिक आर्थिक गतिविधिलाई समावेश गरी विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएको छ ।