काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।काठमाडौं टुँडिखेलमा ल्होसारको रौनकता सुरु भएको छ। विभिन्न जिल्लाबाट जम्मा भएका गुरुङ जातिहरू जातिय पोसाकसहित भेला भइसकेका छन्।गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ,