स्वास्थ्य क्षेत्र सुधार्न धेरै नीति, नियम बनाउनु छ : अर्थ समितिका सभापति चालिसे

काठमाडौँ : नेपाली काँग्रेसका सांसद तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति, नियम बनाउन आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा नेपाल अर्थोपेडिक अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति चालिसेले स्वास्थ्यको क्षेत्रमा नेपाल अझै पछाडि रहेको बताएका हुन्। उनले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने बताए।उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति नियम बनाउन आवश्यक रहेको उल्लेख