चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थिया