काठमाडौं : इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ। ११ खेलबाट १२ अंकजोडेको बैंगलोरले अंक तालिकाको शीर्ष ४ मा स्थान बनाएको छ। बैंगलोरले चेन्नईविरुद्ध सन् २०२० पछि पहिलो पटक जित निकालेको हो। पुनेमा भएको खेलमा चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो। बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोड्यो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२, कप्तान फाप डुप्लेसीसले ३८, विराट कोहलीले ३० तथा द