आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा ...

सम्बन्धित सामग्री

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।जवाफमा मुम्ब

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ ।आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ । त्यसैले महेन्द्र सिंह धोनीक

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जो

आईपीएल : जित्नै पर्ने दबाबमा चेन्नई

साविकको विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ ।लगातार चार खेलमा पराजित भएको चेन्नईको सेमिफाइनल सम्भावना कमजोर छ । आजको खेलमा पनि पराजित भएमा चेन्नईको सेमिफाइनल पुग्ने सम्भावना झनै कमजोर बन्नेछ । चेन्नई अंक विहीन रहदै पुछारमा छ । यता बैंगलोर आज चौंथो जितको योजनामा छ । बैंगल

आईपीएल : पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ । यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज

आजदेखि आईपीएल : उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ...

आईपीएल क्रिकेट : आज मुम्बई र चेन्नई भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको छमध्ये पाँच खेलमा विजयी र एकमा पराजित भएको चेन्नई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै छ खेलमध्ये तीनमा विजयी र तीनमा पराजित भएको मुम्बई ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल क्रिकेटः आज चेन्नई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्दै छन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुदैछ। आईपीएलमा दोस्रो स्थानमा रहेको चेन्नई पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो। तालिकाको अन्तिम स्थानमा रहेको हैदराबाद पाँच खेलमध्ये एकमा विजयी र चारमा पराजित भएको थियो।

आईपीएल क्रिकेटः आज पञ्जाब र चेन्नई भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स भिड्दै छन्। मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले पराजित गर्दा चेन्नई दिल्लीसँग सात विकेटले पराजित भएको थियो।