हरेक वर्षझैँ यस वर्ष पनि विश्वका एक सय बीसभन्दा बढी मुलुकमा एक हप्तासम्म ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वव्यापी जनचेतना अभिवृद्धि गरी स्तनपानलाई मानव अधिकारका रूपमा सम्मान, सुरक्षा एवं परिपूर्ति गरिनुपर्ने दिशातर्फ विश्व स्तनपान सप्ताह केन्द्रित छ । विश्व स्वास्थ्य सङ्घले आमा तथा नवजात शिशु स्याहारमा लाग्न सम्पूर्ण सङ्घसंस्थालाई आह्वान गरेको छ ।