काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताउनु भएकाे छ ।
प्रजातान्त्रिक विचार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले गएकाे ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनुभयो ।
महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो । ...