ओली र नेपालबीचको ‘वान टु वान’ वार्ता निष्कर्षविहीन

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता विनानिष्कर्ष सकिएको छ । नक्सालस्थित होटल म्यारियटमा भएको वार्ता विना निष्कर्ष सकिएको हो ।  अध्यक्ष ओलीका तर्फबाट दोस्रो तहका नेताहरू ईश्वर पोखरेल र विष्णु पौडेल तथा वरिष्ठ ने…

सम्बन्धित सामग्री

मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। मिटरब्याजपीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान […]

डा. केसीसँगको वार्ता निष्कर्षविहीन

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो ।  बैठकमा...

डा. केसीका प्रतिनिधि र सरकारी पक्षबीचको वार्ता निष्कर्षविहीन

चिकित्सा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री र प्रतिपक्षको वार्ता निष्कर्षविहीन

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक निष्कर्षविहीन भएको हो।बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन्। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो। करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुन

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन, दुबै पक्ष आ-आफ्नै अडानमा

प्रमुख सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको हो ।  वार्तामा दुबै दलका नेताले...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो ।  कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र...

ओली-नेपालबीचको वार्ता निष्कर्षविहीन, नेपाल पक्षको राट्रिय भेला नरोकिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान दोहोर्‍याएपछि निष्कर्षमा पुग्न नसेकोको हो । अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिई बैठक गरेर एकपक्षीयरुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको हुँदा त्यस दिनका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षले अडान लिएको छ । त्यसो नगरे आफूहरुले चैत ४ र ५ गतेका लागि बोलाएको कार्यकर्ता भेला नरोक्ने बताएका छन् । वार्ता सकारात्मक भएको तर कुनै सहमति हुन नसकेको नेपाल पक्षीय नेता भीम रावलले बताउनुभयो । आफूहरुले फागुन २८ गतेको निर्णय रद्द गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । उहाँले फागुन २८ गते बसेको केन्द्रीय समितिको निर्णय मान्ने हो भने सर्वोच्च अदालतको फैसला नमानेको ठहरिने दाबी पनि गर्नुभयो । ‘हामीले त साझारुपमा सहमति नभएका सबै गतिबिधि रोकौं भन्ने प्रस्ताव गरेका छौं, ती स्थगित गर्नुको अर्थ फागुन २८ गते गरेका निर्णय रद्द गर्नुपर्छ, ती निर्णय रद्द भएमा हामी पनि स्थगित गरेर साझारुपमा अघि बढ्न तयार छौं भनेर स्पष्टरुपमा राखेका छौं,’ उपाध्यक्ष रावलले भन्नुभयो । गत फागुन २८ गते अध्यक्ष ओली पक्षको बैठकले २३ जना पूर्वमाओवादीका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएको थियो ।