मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। मिटरब्याजपीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान […]