रुस–युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन : तत्काल युद्धविराम र सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको तर वार्तामा कुनै प्रगति हुन नसकेको बताएको अल जजिराले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्धविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्...