पुनर्निर्माण प्राधिकरणले बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ।

सम्बन्धित सामग्री

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समन्वयमा गरिने

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनर्निर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनी सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताइन् । समयमै काम सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सांसद गणेशकुमार पहाडीले विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय काम अझै पनि सम्पन्न हुन नसकेका दृष्टान्त राख्दै पुनर्निर्माणका बाँकी काम त्यस्तो हुन नदिन मन्त्रालयको ध्यानाकर्षण गराए । यस्तै सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकरात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताए । सांसद आशाकुमारी विकले मन्त्रालयले प्राविधिक करारमा राख्दा पुनर्निर्माणमा संलग्न भएर उत्कृष्ट कार्य गरेकालाई प्राथमिकता दिन सुझाव दिए । सांसद गजेन्द्रबहादुर महतले स्थानीय तहमा हस्तान्तरणको प्रक्रियाबारे प्रष्ट हुनुपर्ने बताए । यस्तै हस्तान्तरण भएर आएका कामको उत्कृष्ट पुनर्निर्माण गरेर स्याबासी प्राप्त गर्ने अवसर मन्त्रालयलाई आएको सांसद राजेन्द्रकुमार राईको भनाइ थियो । अन्तर–मन्त्रालय तथा निकायबीच चुस्त समन्वय हुनुपर्नेमा सांसद विनाकुमारी श्रेष्ठले जोड दिइन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने बताए । हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको उनको भनाइ थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिए । साथै त्यसले पुनर्निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने काम सञ्चालन गर्ने आधार बनेको उनले बताए । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत पुनर्निर्माणको बजेट ४ अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनर्निर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताए । शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला, शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले हस्तान्तरण भएर आएका काम प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठा, शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कामको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिँदै पुनर्निर्माणका कामलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । रासस

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

काठमाडाैं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरू हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरूलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ। त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्दे

सहरी विकास कार्यालयलाई पुनर्निर्माणका बाँकी काम गर्ने जिम्मा

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको भूकम्पपछिको पुनर्निर्माणको काम अब सहरी विकास कार्यालयले गर्ने भएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहेर जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले पुनर्निर्माणको काम गर्दै आएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिकोे २० औं बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम सहरी विकास कार्यालयलाई जिम्मा लगाइएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का निमित्त जिल्ला आयोजना प्रमुख सन्तोषकुमार निरौला र जिल्ला आयोजाना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना प्रमुख भरतप्रसाद आचार्यले सहरी विकास कार्यालयका सिन्धुपाल्चोक इकाइ प्रमुख टंकप्रसाद गौतमलाई बाँकी काम हस्तान्तरण गरेका हुन् । दुवै कार्यालयमा रहेका भौतिक सामग्री सहरी विकास कार्यालयललाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएको निजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै यो प्रक्रियामा गएको हो । निरौलाले जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गर्दै आएको सरकारी तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था पुरातात्विक सम्पदा एवं गुम्बा र उक्त कार्यसँग सम्बन्धित सम्पत्ति, दायित्व स्रेस्ता, कागजात, बेरुजु विवरणसमेत सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई सुम्पिएको बताए । ‘हामीले सिन्धुपाल्चोकका ९८ प्रतिशत निजी आवास एवं २० भन्दा बढी एकीकृत बस्ती पुनर्निर्माण सकेका छौं’, निरौलाले भने, ‘३७ वटा स्वास्थ्य भवन, ५ पुरातात्विक महत्वका गुम्बा पुनर्निर्माण भइरहेका छन् ।’

पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पुर्याएकाे पुनर्निर्माण प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमकाविच पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो । गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको […]

विघटनको बाटोमा पुनर्निर्माण प्राधिकरण, बाँकी काम भोलिदेखि मन्त्रालयका जिम्मामा

२९ भदौ, काठमाडौं । पुननिर्माण प्राधिकरण विघटनको प्रक्रियामा अघि बढेको छ । भोलि बुधबारदेखि प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित बाँकी कामहरू विषयगत मन्त्रालय, सम्बन्धित विभाग र निकायलाई हस्तान्तरण गर्न शुरु गर्ने भएको छ । सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको चरणमा बाँकी रहेका निजी आवास अनुदान वितरणको कार्य सम्वत् २०७८ मंसीरभित्र सम्पन्न गर्ने र […]

पुनर्निर्माणको बाँकी काम भदौ मसान्तभित्रै हस्तान्तरण गरिँदै

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयु आगामी पुसमा सकिँदैछ । त्यसअगाडि प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायमा हस्तान्तरण गरिसक्ने निर्णय राष्ट्रिय प्राधिकरण निर्देशक समितिको बैठकले गरेको छ । उक्त बैठकको निर्णय अनुसार भदौ मसान्त भित्रै प्राधिकरणले आफ्नो जिम्मेवारीमा रहेका कामहरु सम्बन्धित मन्त्रालय र निकायलाई हस्तान्तरण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]

पुनर्निर्माणको काम सम्बन्धित निकायबाटै

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी […]

पुनर्निर्माणका बाँकी काम सम्बन्धित निकायलाई जिम्मा दिइने

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरू सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरूमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २० औँ बैठकले निजी आवास लगायतका कार्यहरूको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं […]

पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत