पुनर्निर्माणका बाँकी काम सम्बन्धित निकायलाई जिम्मा दिइने

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरू सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरूमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २० औँ बैठकले निजी आवास लगायतका कार्यहरूको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं […]

सम्बन्धित सामग्री

भिसा अनुवादले बोझ थुपारेको छ

वैदेशिक रोजगार विभागले कामदारका लागि प्राप्त भिसाको नेपाली अनुवाद अनिवार्य गराएर रोजगारीमा जाने कामदार र रोजगार व्यवसायी दुवैलाई बोझ थुपारेको छ । हामी कामदारको पूर्वस्वीकृति ल्याउँदा सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट प्रमाणित गराएर ल्याउँछौं । रोजगारदाता कम्पनीले के कामका लागि  कामदार मागेको हो त्यो नेपाली दूतावासमा लगेर बुझाउनु पर्छ । त्यसका आधारमा मात्र नेपाली दूतावासले  पूर्वस्वीकृतिका लागि सिफारिस गर्दछ । वैदेशिक रोजगार विभागले भिसा अनुवादलाई अनिवार्य गर्नु भनेको दूतावासलाई विश्वास नगर्नु हो । हामीले कामदारलाई रोजगारीमा पठाउँदा अलपत्र परेमा उनीहरूको जिम्मा लिन्छौं भनेर हस्ताक्षर गरेका हुन्छौं । भिसा अनुवाद गरेर कामदार पठाउँदा अलपत्र परेमा त्यसको जिम्मेवारी विभागले लिन्छ त ? यदि विभागले त्यसको जिम्मा लिन्छ भने हामी भिसा अनुवाद गर्न तयार छौं । सरकारले भिसा अनुवाद गराएर रोजगार व्यवसायी र रोजगारीमा जाने  कामदारलाई हतोत्साहित गर्ने काम गरेको छ । भिसा अनुवाद गर्नेले  १ हजार रुपैयाँभन्दा बढी शुल्क लिन्छन् । त्यो शुल्क विदेशमा कमाउन जाने नेपाली गरीब कामदारलाई थप आर्थिक भार हुन्छ । कुनै रोजगारदाताले  मजदूर कामदारको माग गरेमा कसैले पनि ड्राइभर पठाएको छैन । मजदूरको ठाउँमा ड्राइभर गएमा त्यसले त्यहाँ गएर ड्राइभिङ काम गर्न पाउँदैन । (वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालसँगको कुराकानीबाट) वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । सिरहास्थित कमला पुलको सोमबार स्थलगत निरीक्षण गर्ने क्रममा उहाँले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिनुभएको हो । “निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ …

आठ वर्षमा पुलको काम २० प्रतिशत मात्र सम्पन्न

डोटी । डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा २० प्रतिशत मात्र सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने सम्झौता भए पनि कार्यप्रगति सुस्त छ । २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ मा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्यादसमेत थप भइसक्दा पनि काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित भएको स्थानीयवासी तथा नेकपा एकीकृत समाजवादीका नेता इन्द्र बलायरले बताए । ‘पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम भएको छैन, सम्बन्धित निकायले पनि वास्ता गर्दैनन् ।’ उनका अनुसार हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाख लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसीसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर योगेन्द्रबहादुर अधिकारीका अनुसार ठेकेदारले कोरोना संक्रमणका कारण कामदार नपाएको बहानामा काम अघि बढाएको छैन । डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म तीन करोड २१ लाख भुक्तानी लिइसकेको छ । पुल निर्माण शुरू भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयवासी निराश भएको अर्का स्थानीयवासी रामबहादुर धामीले बताए । ‘पुल निर्माण होला र राजमार्गसँग जोडिउँला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन,’ उनले भने । उता, पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउन्डेशनमा समस्या भएकाले काममा ढिलाइ भएको जिकिर गर्दै आएको छ । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डँडेलधुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख भएकाले पनि उनलाई कारबाही हुन नसकेको स्थानीयवासीको आरोप छ । रासस

ठेक्का तोड्ने प्रक्रिया शुरु गरेपछि फेरि काम शुुरु गर्दै ठेकेदार कम्पनी

पुस १३, चरिकोट(दोलखा) । विगत ६ वर्षदेखि अलपत्र दोलखाको लाइफ लाइन सडक मुडे–चरिकोट सडक खण्डको  काम ठेकेदार कम्पनीले फेरी शुरु गरेको छ । स्थानीय नागरिकहरुको आन्दोलनको निरन्तर दवाब तथा सडक निर्माण आयोजनाले ठेक्का तोड्ने अन्तिम तयारी गरेपछि ठेकदार कम्पनीले पुनः सडक निर्माणको काम शुरु गरेको हो । भारतीय ठेकेदार कम्पनी सकिल हैदर तथा नेपाली कम्पनीहरु शंकर माली तथा सुनौले खिम्तीमध्ये साझेदार कम्पनी सुनौलो खिम्तीले सडक निर्माणको काम पुनः शूरु गरेको सुनौलो खिम्तिका ठेकेदार भीमसेन भण्डारीले आर्थिक अभियानलाई बताए । विभिन्न कारणले सझेदारहरु बीच कुरा मिल्न नसक्दा मुडे–चरिकोट सडक खण्ड लामो समयदेखि स्तरोन्नति हुन नसकेपछि अब यो आर्थिक वर्षभित्र आफूले जसरी पनि काम सम्पन्न गर्ने उनले बताए  । आर्थिक व्यवस्थापनसहित आफू काममा फर्किएको पनि उनले बताए ।  करीब १५ किलोमिटर सडकको खाल्टा खुल्टी पुर्ने काम सम्पन्न गरिसकेको तथा करीब ५ किलोमिटरलाई पुग्ने बेस तथा सबबेश तयार गरेको उनको दवी छ ।  तीन ओटा एक्जाभेटर, १२ ओटा ट्रिपर एउटा रोलर, एउटा ग्रेडर, दुई ओटा मिक्सचर तथा दुई पानी ट्याङ्कीसहितका इक्युपमेन्ट अहिले फिल्डमा रहेको उनले जानकारी दिए । क्रसर मर्मत पश्चात पूर्ण क्षमतामा सञ्चालन भइरहेको भण्डारीले बताए ।  “पुराना स्टाफहरु अहिले काममा फर्किएका छन् । तिर्नु पर्ने ठाउँहरुमा आँशिकरुपमा भुक्तानी दिएको छु । मेरो मूल पेशा नै यही ठेकेदारी हो । नाफा नोक्सान जे भएपनि माघबाट पिच शुरु गरी यो आर्थिक वर्ष भित्र सबै काम सक्छु ।”  ठेकेदार कम्पनीले विगतमा आँखामा छारो हाल्ने काम मात्र गरेकोले दोलखाका स्थानीयहरु तथा सडक निर्माण आयोजना भने ठेकेदार कम्पनीले काम गर्छ भन्ने कुरामा विश्वस्त हुन सकेका छैनन् । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य सडक बनाएर दोखालीलाई चरम सास्ति भोगाएका ठेकेदार कम्पनीले सडक निर्माण गर्छन् भनेर पत्याउने अवस्था नरहेको सदरमुकाम चरिकोटका स्थानीयहरुको भनाइ छ ।  ठेकेदार कम्पनीले काम सम्पन्न गर्ने बलियो  आधार नदेखिएकोले ठेक्का तोड्नकालागि आफूले सम्बन्धित निकायमा कागजातहरु पठाइ सकेको खाडिचौर–जिरी सडक निर्माण आयोजनाका प्रमुख कृष्ण पन्तले बताए ।भरपर्दो आर्थिक विकल्प सहित ठेक्का तोड्नकालागि आयोजनाले विभागलाई सिफारिस गरिसकेको उनको भनाइ छ ।  भारतीय एक्जिम बैंकको लगानीमा सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको लामोसाँघु–जिरी सडक अन्तर्गतको मुडे–चरिकोट खण्ड ठेकेदारले काम नगरेका कारण ६ वर्षयता अलपत्र छ  । उक्त सडक खण्डको निर्माणको  जिम्मा भारतीय  कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले २०७२ सालमा भ्याट बाहेक ७० करोड रुपैयाँमा सम्झौता गरेका थिए । चार दशकअघि स्वीस सरकारको सहयोगमा लामोसाँघु—जिरी ११० किलोमिटर एकतर्फी सडक बनेको थियो । सवारी चाप बढ्दै गएपछि भारतीय एक्जिम बैंकको सहयोगमा ७ वर्षअघि सडक सुधार गरी दुई लेनको बनाउन काम शुरु भएको थियो । लामोसाघु–मुडे सडक खण्डको स्तरोन्नति तथा निर्माण सम्पन्न भइसकेको छ भने चरिकोट–जिरी सडक खण्डको स्तरोन्नतिको काम जारी छ ।

सहरी विकास कार्यालयलाई पुनर्निर्माणका बाँकी काम गर्ने जिम्मा

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको भूकम्पपछिको पुनर्निर्माणको काम अब सहरी विकास कार्यालयले गर्ने भएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहेर जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले पुनर्निर्माणको काम गर्दै आएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिकोे २० औं बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम सहरी विकास कार्यालयलाई जिम्मा लगाइएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का निमित्त जिल्ला आयोजना प्रमुख सन्तोषकुमार निरौला र जिल्ला आयोजाना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना प्रमुख भरतप्रसाद आचार्यले सहरी विकास कार्यालयका सिन्धुपाल्चोक इकाइ प्रमुख टंकप्रसाद गौतमलाई बाँकी काम हस्तान्तरण गरेका हुन् । दुवै कार्यालयमा रहेका भौतिक सामग्री सहरी विकास कार्यालयललाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएको निजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै यो प्रक्रियामा गएको हो । निरौलाले जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गर्दै आएको सरकारी तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था पुरातात्विक सम्पदा एवं गुम्बा र उक्त कार्यसँग सम्बन्धित सम्पत्ति, दायित्व स्रेस्ता, कागजात, बेरुजु विवरणसमेत सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई सुम्पिएको बताए । ‘हामीले सिन्धुपाल्चोकका ९८ प्रतिशत निजी आवास एवं २० भन्दा बढी एकीकृत बस्ती पुनर्निर्माण सकेका छौं’, निरौलाले भने, ‘३७ वटा स्वास्थ्य भवन, ५ पुरातात्विक महत्वका गुम्बा पुनर्निर्माण भइरहेका छन् ।’

एक तिहाई पनि फेला पर्दैनन् चोरिएका मोटरसाइकल

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणका लागि छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । युनिटले विभिन्न अभियान पनि चलाइरहेको छ । महाशाखाले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाउने गरेको छ । यही साताको मङ्गलबार महाशाखाले २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्‍यो । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार हस्तान्तरण गरिएका […]

मध्यपहाडी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा कालोपत्रको काम शुरु

असार १, दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ ।  मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरवाहीका कारण गत असारमै सम्पन्न गर्नु पर्नेमा काम यो वर्षबाट शुरु गरिएको छ ।  निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात जेठ २५ देखि करीब १६ किलोमिटर सडकखण्ड कालोपत्रको काम शुरु गरिएको छ । गत वर्ष चैतदेखि कोरोना संक्रमण बढेपछि काम रोकिएको र यस वर्षको असारसम्म १० किलोमिटर कालोपत्र सक्ने गरी काम भइरहेको छ ।  करीब ३१ किलोमिटर सडकमध्ये मनसुनअघि नै करिब १० किलोमिटर सडक कालोपत्र गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तर, आएका समस्या समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ । सदरमुकामको पूर्वी क्षेत्र लोहोरेबाठ सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । देशकै गौरवको आयोजना भएकाले सडकखण्डमा देखिएका समस्याको स्थलगतरूपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।  आफू जिल्लामा आएलगत्तै गौरवका आयोजना र अन्य सबै योजनाको प्रभावकारिताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ । कामको गुणस्तर र सडक क्षेत्रमा बायोइञ्जीनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरूपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । दैलेखको पूर्वदेखि पश्चिम खण्डका अधिकांश भूभाग मध्यपहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली कांग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिए । जिल्लाभर १२५ किलोमिटर सडक एक वर्षभित्र सबै स्थानमा कालोपत्र सक्ने तयारी गरिएको छ । रासस

‘मेरो स्वभाव नै काम गर्ने, हल्ला नगर्ने खालको छ’ : मन्त्री वसन्तकुमार नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबैभन्दा कम काम गर्ने र सबैभन्दा धेरै गाली मन्त्रालयमा गनिन्छ । ठूला सडक तथा यातायातसँग सम्बन्धित पूर्वाधार निर्माण र सार्वजनिक यातायात व्यवस्थापनको जिम्मा पाएको मन्त्रालयले नागरिकको हितमा काम नगरेको, ठेकेदारको स्वार्थमा लागेको र यातायात क्षेत्र अस्तव्यस्त बनाएर दुःख दिएको आरोप खेप्दै आएको छ । ...