पुनर्निर्माणको बाँकी काम भदौ मसान्तभित्रै हस्तान्तरण गरिँदै

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयु आगामी पुसमा सकिँदैछ । त्यसअगाडि प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायमा हस्तान्तरण गरिसक्ने निर्णय राष्ट्रिय प्राधिकरण निर्देशक समितिको बैठकले गरेको छ । उक्त बैठकको निर्णय अनुसार भदौ मसान्त भित्रै प्राधिकरणले आफ्नो जिम्मेवारीमा रहेका कामहरु सम्बन्धित मन्त्रालय र निकायलाई हस्तान्तरण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]

सम्बन्धित सामग्री

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

पुनर्गठन र रुपान्तरित हुँदै जसपा, नयाँ विधानअनुरुप समितिहरु गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ । जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला र विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि […]

पुनर्गठन र रुपान्तरित हुँदै जसपा, नयाँ विधानअनुरुप समितिहरु गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ । जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला र विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि […]

चैत मसान्त्रभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याइने

काठमाडौं, भदौ २६ । अर्थमन्त्री शर्माले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आव २०७८ को चैत मसान्तभित्रै आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी उपत्यकामा आपूर्ति हुने प्रबन्ध मिलाइनेछ। नदी कटान एवं बाढीपहिरोका कारण भएको क्षतिको तत्काल पुनर्निर्माण र पुनःस्थापन कार्यक्रमका लागि बजेट छुट्ट्याएको छु,’ वक्तव्यमा भनिएको छ। अन्तर्राष्ट्रिय […]

धवलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुँदै

बागलुङ । धवलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा २ महिना ढिला भएको अस्पतालले बताएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० शøयाको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिनेगरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शøयालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकैपटक ४७ जना गम्भीर बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो । अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि ३ करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा २ करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए । चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ छ । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । २ वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाख लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शøयाको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

अब बागलुङ पनि अक्सिजनमा आत्मनिर्भर

भदौ १४, बागलुङ । धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महीना ढिला भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र  जिल्लाका अन्य  अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शय्यालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।  अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू. तीन करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा रू. दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्नीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।  चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रू. २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो ।  भदौ मसान्तभित्रै काम सम्पन्न गरी  भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रू. ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो  ।  अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शय्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।  भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।         यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”

मर्स्याङ्दी गाउँपालिकाको निर्णयः भदौमा उपभोक्ता समिति गठन, वैशाखमा योजना सम्पन्न

मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यन्वयन व्यवस्थित गर्न जेठ मसान्तभित्रै भुक्तानी गर्ने गरी कार्यायोजना ल्याएको छ । असारमा विकास गर्ने परिपाटीलाई हटाउन गाउँपालिकाले भदौ महिनाभित्रै उपभोक्ता समिति गठन गरी अघि बढ्ने कार्यायोजना अघि सारेको हो । चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाको कार्यलाई थप व्यवस्थित बनाउने, नागरिकले प्रत्यक्ष परिवर्तन र सुशासनको प्रत्याभूति गर्ने खालको काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सोमबार आर्थिक बर्ष २०७७/०७८ को पहिलो बैठक बसेर योजनालाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।