सहरी विकास कार्यालयलाई पुनर्निर्माणका बाँकी काम गर्ने जिम्मा

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको भूकम्पपछिको पुनर्निर्माणको काम अब सहरी विकास कार्यालयले गर्ने भएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहेर जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले पुनर्निर्माणको काम गर्दै आएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिकोे २० औं बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम सहरी विकास कार्यालयलाई जिम्मा लगाइएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का निमित्त जिल्ला आयोजना प्रमुख सन्तोषकुमार निरौला र जिल्ला आयोजाना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना प्रमुख भरतप्रसाद आचार्यले सहरी विकास कार्यालयका सिन्धुपाल्चोक इकाइ प्रमुख टंकप्रसाद गौतमलाई बाँकी काम हस्तान्तरण गरेका हुन् । दुवै कार्यालयमा रहेका भौतिक सामग्री सहरी विकास कार्यालयललाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएको निजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै यो प्रक्रियामा गएको हो । निरौलाले जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गर्दै आएको सरकारी तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था पुरातात्विक सम्पदा एवं गुम्बा र उक्त कार्यसँग सम्बन्धित सम्पत्ति, दायित्व स्रेस्ता, कागजात, बेरुजु विवरणसमेत सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई सुम्पिएको बताए । ‘हामीले सिन्धुपाल्चोकका ९८ प्रतिशत निजी आवास एवं २० भन्दा बढी एकीकृत बस्ती पुनर्निर्माण सकेका छौं’, निरौलाले भने, ‘३७ वटा स्वास्थ्य भवन, ५ पुरातात्विक महत्वका गुम्बा पुनर्निर्माण भइरहेका छन् ।’    

सम्बन्धित सामग्री

अब फोहोर मैला व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई

सरकारले कार्य विभाजन नियमावली परिमार्जन गरी फोहोर मैला व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहरी विकास मन्त्रालयलाई दिएको छ। मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।...

संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई !

संघीय संसद तथा प्रदेशसभाहरूलाई आर्थिक तथा प्राविधि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको संसद सहयोग परियोजना पीएसपीले संसदीय खुलापन कार्ययोजना निर्माणको जिम्मा फिल्म निर्माण कम्पनीलाई दिएको बताइएको छ ।

संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको: पुष्पा भुसाल

अर्घाखाँची – पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छन् । पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका- १ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट […]

तनहुँ विकासको जिम्मा हामी लिन्छौ : नेता पौडेल

तनहुँ, २७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताएका छन् । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज दर्शनपछि स्थानीयसँगको भेटघाटमा उहाँले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरुले लिने बताए । मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत […]

विकास योजनाको जिम्मा स्थानीयलाई नै दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले स्थानीयलाई जिम्मा दिएका काम राम्रो भएकाले विकास निर्माणको काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिए। उनले विकास निर्माणको काम स्थानीय सरकार दिएका अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी भएको बताए।प्रधानमन्त्री देउवले भने‚ ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ। अहिलेसम्म राम्रो काम

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिब

‘देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ’

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन्। नेपाल जेसिजले शुक्रबार आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए। ‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन,’ उनले भने। महामन्त्री थापाले […]

मेलम्ची पुनर्निर्माणको जिम्मा पनि सिनोहाइड्रोलाई

बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको जिम्मा पनि चाइनिज कम्पनी सिनोहाइड्रोले नै पाएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन मेलम्ची खानेपानी विकास समिति र सडक विभागले संयुक्त रूपमा कार्ययोजना बनाएका थिए ।...

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन्। यी विकासे मन्त्रालय मानिन्छन्।संविधानमा हरेक