काठमाडाैं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरू हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरूलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ। त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्दे