मोलुङ-१ मा शान्तिपूर्ण मतदान, दुई बजेसम्म ६० प्रतिशत भोट खस्यो

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेवी मतदानस्थलमा बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा जारी छ ।मतदान बुथमा नेकपा एमालेको तर्फबाट खटिएका प्रतिनिधि टीकाराम धमलाले दिएको जानकारीअनुसार दिउँसो दुई बजेसम्म करिब ६० प्रतिशत मतदान सम्पन्न भएको छ।यस वडामा नेपाली कांग्रेसबाट टोपराज धमला र नेकपा एमालेबाट कमल बानियाँ उम्मेदवार रहेका छन्। यी दुवैले आ-आफूले जितको दाबी गरेका भए पनि वास्तविक जितका लागि मतगणनासम्म कुर्नुपर्नेछ।आज पाँच बजेपछि मतदानको समय सकिन

सम्बन्धित सामग्री

मतदान गरेपछि वृद्धवृद्धा भन्छन्, : अबकाे पाँच वर्ष सक्षम नेताले देश हाँक्नुपर्छ!

काठमाडौं : देशभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान भइरहेको छ। मतदाताहरू अबकाे पाँच वर्षकाे लागि आफूलाई मन परेका उम्मेदवारलाई छान्न मत दिइरहेका छन्। काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रमा पुग्दा शान्तिपूर्ण मतदान भइरहेको पाइयो। मतदाताहरूमा हर्सा उल्लास छ। वृद्धवृद्धाहरू अबको पाँच वर्ष सक्षम व्यक्तिले देश हाक्नुपर्ने बताउँछन्।भोट दिइसकेपछि ललितपुरमा चिनीमाया तन्डुकार(६७) भेटिइन्। उनले ललितपुर क्षेत्र नम्बर ३ को ललितपुर महानगरपालिका वडा-१ मा भएको मतदान केन्द्रम

चित्रबहादुर केसीलाई प्रश्न– भोट हाल्न किन जानुभएन?

काठमाडौं : बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन्। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन्। उनले कानूनमा भएको व्यवस्थालाई स्वीकार गर्नुपर्ने बताए। केसीले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको र कानूनी रुपमा आफ्नो मतदाता नामावली रुपन्देहीमा र

बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्

काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै बहकिएर मतदान नगर्न आग्रह गरेका छन्। 'अहिले घण्टी बजेको सुनिँदैछ। लोकतन्त्रको एउटा सौन्दर्य र आकर्षण भनेकै आफूलाई मन लागेको कुरा शान्तिपूर्ण तरीकाले आफ्ना एजेण्डाहरु जनतामा लगेर प्रस्तुत गर्ने र जनताले रुचाएको खण्डमा अनुमोदित हुने नै…

मतदान शान्तिपूर्ण र उत्साहजनक

काठमाडौं । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए । वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए । प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । सबै स्थानीय तह निर्वाचनको मतदान शुक्रवार एकै चरणमा गरिएको हो । यसअघिको स्थानीय निर्वाचनको मतदान २०७४ सालमा तीन चरणमा भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि २०५४ सालमा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । शुक्रवार देशभरका १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे एकसाथ मतदान शुरू भएको थियो । यो चुनावमार्फत ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिनिधि निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख, त्यत्ति नै संख्यामा उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । त्यसमध्ये ३९० जना निर्विरोध भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराए । निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटाइएको थियो । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि संघको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफै निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । स्थानीय तह आफैमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने र समुदायले निर्धक्क कुरा राख्न सक्ने हुँदा आमनागरिक विभिन्न समस्या हुँदाहुँदै पनि निर्वाचनमा सहभागी भए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्विल चेयरमा बसेर पनि मतदान गरे भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । कतिपय ठाउँमा किरियापुत्रीले पनि मतदान गरेका छन् । शीर्ष नेताले कहाँबाट मतदान गरे ? प्रधानमन्त्री शेरबहादुर देउवाले डँडेलधुराको गन्यापधुरा गाउँपालिका केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गरेको खबर छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका पुगेर मतदान गरे । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी पुगेर मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गरे ।

काठमाडौँ महानगरपालिकामा आधामात्रै मत खस्यो, सोचेअनुसार किन खसेन भोट?

काठमाडौँ: निर्वाचन आयोगले काठमाडौँ महानगरमा आधामात्रै मत खसेको बताएको छ। शुक्रबार साँझसम्म आयोगलाई प्राप्त विवरणका आधारमा ५२ प्रतिशत मात्रै मत खसेको हो। शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ। आयोगले सबै व्यवस्थापकीय हिसाबले काठमाडौं महानगरमै कम मत खसेकोमा चिन्तित भएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकरी…

शान्तिपूर्ण मतदान जारी, ४१ प्रतिशत भोट खस्यो

काठमाडौं : बिहान सात बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोग कार्यालयले जनाएको छ।  बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो। निर्वाचन आयोगका अनुसार स्थानीय  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटनाबाहेक हालसम्म शान्तिपूर्ण मतदान

आफू पढेको क्याम्पसमा भोट हाल्दै नेम्वाङले भने– सिंहदरबारको अधिकार जनतामा जाँदैछ

‘मैले यहाँको स्थानीय सरकार राम्रो बनोस् भनेर आफ्नो मत हालेँ, देशैभरिका नागरिकलाई म शान्तिपूर्ण र भयरहित वातावरणमा आफ्ना प्रतिनिधि चुन्न आग्रह गर्छु ।’

काँग्रेस उपसभापति गुरुङले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गरेका छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेका हुन् । विहान ७ बजे नै गुरुङले भोट हालेपछि उक्त मतदान केन्द्रमा मतदान सुरु भएको थियो । गुरुङले देशभर शान्तिपूर्ण रुपमा निर्वाचनका कामना गरेका छन् । गुरुङले भने,‘देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दछु । हाम्रो मत समृद्धिको आधार बनोस् ।&rsqu

ट्रम्पले बल्ल स्वीकार गरे हार

अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् ।  जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् ।  गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल कलेज भोट दुवैमा पराजित भएका ट्रम्पले हार स्वीकार गर्न मानिरहेका थिएनन् । आफूलाई धाँधली गरेर हराइएको र बाइडनलाई राष्ट्रपति बन्न नदिने भनी उनले निरन्तर बयान दिइरहेका थिए ।  नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्...