काँग्रेस उपसभापति गुरुङले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गरेका छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेका हुन् । विहान ७ बजे नै गुरुङले भोट हालेपछि उक्त मतदान केन्द्रमा मतदान सुरु भएको थियो । गुरुङले देशभर शान्तिपूर्ण रुपमा निर्वाचनका कामना गरेका छन् । गुरुङले भने,‘देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दछु । हाम्रो मत समृद्धिको आधार बनोस् ।&rsqu

सम्बन्धित सामग्री

निष्ठाको राजनीति उदय : काँग्रेस उपसभापति गुरुङ

निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ। ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा सङ्घ र प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका तिनै जना उम्मेदवार विजयी भएका हुन्। प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गुरुङ ५ हजार ६ सय २७ मतान्तरले नेकपा एमालेका उम्मेदवार केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गरी विजयी भएका छन्।

काँग्रेस उपसभापति खड्काले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सुर्खेतको गुर्भाकोट गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका छन् ।

काँग्रेस उपसभापति खड्काले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । आफ्नो गृह नगर सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले बिहान १० बजेतिर मतदान गरेका हुन् ।

काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेतबाट स्थानीय तह निर्वाचनमा मतदान गर्दै छन् । शुक्रबार विहान सुर्खेतको गुरुवाकोट नगरपालिका वडा नम्बर ८ को सूर्य ज्योति उच्च माध्यमिक विधालयको मतदान केन्द्रबाट आफूले भोट हाल्ने खड्काले रातोपाटीलाई बताए ।सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट खड्काले संघीय चुनाव लड्दै आएका छन् । पूर्व गृहमन्त्री खड्का केही दिनदेखि सुर्खेतमै छन् । उनी शुक्रबार मतदान गरेर मात्र काठमाडाैं फर्किने छन् ।

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका