विद्यालय नर्स सुलोचना सुवेदी सदाझैं कार्यकक्षमा बसेर विद्यार्थीको स्वास्थ्य परीक्षण, सरसफाइ तथा पोषण सचेतनाको तालिका बनाउँदै थिइन् । आठ कक्षामा पढ्दै गरेका एक छात्र एक्कासि उनको कार्यकक्षमा छिरेर डाँको छोडेर रुन थाले । नर्सले फकाइफुल्याइ गर्दै उनको समस्या सोधिन् ।