यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

सञ्चारिका समूह नेपालले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।