कान्तिपुरकर्मी राई र बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान

सञ्चारिका समूह नेपालले गत वर्षको 'सञ्चारिका समानता पुरस्कार' कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।