बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस वर्ष प्रदेशभर तीन दिनसम्म प्रजातन्त्र दिवस तीन दिन मनाउने निर्णय गरेको हो ।उक्त निर्णय अनुसार फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने छ । बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको मुख्यमन्त्री तथ