भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजबाट, कस्तो छ कम्पनीको अवस्था ? (भिडियो रिपोर्ट)

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेकोमा १४ लाख २४ हजार ५९० कित्ता मात्र विक्री भएको छ । स्थानीयमा विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा कम्पनीले कात्तिक १ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असोज १५ गते आईपीओ बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ९१ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिएको हो । अब ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर १ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्ने गरेकाले यो कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित देखिन्छ ।  यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीको परिचय यो कम्पनी २०७५ असोज २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई सञ्चालनमा छ । कम्पनीको रजिष्टर्ड कार्यालय रूपन्देही, बुटवल महानगरपालिका वडा नम्बर ६ मा छ भने कर्पोरेट कार्यालय काठमाडौंको बुद्धनगरमा छ । कम्पनीको संस्थापक शेयरधनीको रूपमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक, रिलायन्स लाईफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, मल्टीपर्पस फाइनान्स , लुम्बिनी मेडिकल कलेज, न्यू होराइजन इग्लिस सेकेण्डरी स्कुल, मुक्तिनाथ क्यापिटल, युनाइटेड टेक्निकल कलेज, भिजन लुम्बिनीलगायत छन् । कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७७ असार १५ गते कम्पनीले विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । यो अनुमति पत्र २११२ असार १४ गतेसम्म बहाल रहनेछ । पूँजी संरचना  २ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ कायम हुनेछ । कम्पनीको संस्थापकतर्फ ८० प्रतिशत र आयोजना प्रभावित स्थानीय समेत सर्वसाधारणमा २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ निष्कासबाट संकलित पूँजी कम्पनीले आयोजना निर्माणका लागि खर्चिने जानकारी दिएको छ ।  वित्तीय अवस्था  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्मको तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ९ करोड ६ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०७७/७८ मा ५ करोड १६ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा थियो । आर्थिक वर्ष ०७८/७९ मा भने कम्पनी ३३ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ६० करोड ८५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने ९० करोड रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने कम्पनीको प्रक्षेपण छ । पछिल्लो आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ ।  सञ्चालक समिति हाल यस कम्पनीमा ११ सदस्यीय सञ्चालक समिति छ । कार्यकारी अध्यक्षमा जगत बहादुर पोखरेल छन् । संस्थापकतर्फको १ लाख ९० हजार ४०२ कित्ता शेयर स्वामित्व कायम गरेका कार्यकारी अध्यक्ष पोखरेलले व्यवस्थापन र कानुन विषयमा स्नातक गरेका छन् । कम्पनीको सञ्चालकहरूमा भने लेखनाथ पाण्डे, ज्ञानेन्द्र प्रसाद कसजु श्रेष्ठ, दिपक बहादुर शाक्य, विनोद ज्ञवाली, सन्तोष पोखरेल, यम बहादुर गुरुङ, बासुदेव भण्डारी, सुदिप सिंह अधिकारी, प्रजन्य विक्रम पोखरेल र तेज कुमार गुरुङ छन् । कति पाउला दोस्रो बजारमा पहिलो कारोबार मूल्य ? प्रतिकित्ता १०० रुपैयाँमै खरीद गरिएको कम्पनीको आईपीओले दोस्रो बजारमा कति मूल्य पाउला भन्ने जिज्ञासा सबैमा हुने गर्छ । दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १२१ रुपैयाँ ७८ पैसादेखि अधिकतम प्रतिकित्ता ३६५ रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । 

सम्बन्धित सामग्री

चिरख्वा हाइड्रोपावरको आईपीओ भोलिदेखि, कस्तो छ कम्पनीको समग्र अवस्था ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले भोलि (मंगलवार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । प्रतिशेयर सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चितजस्तै छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ । ईक्रा नेपालले केयर एनपी त्रिपल ए देखि केयर एनपी डि सम्मको रेटिङ प्रदान गर्दछ । केयरएनपी त्रिपल ए इस्युरअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डि इस्युरअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको परिचय यो कम्पनी २०६५ पुस २७ गते कम्पनी रजिष्टर्ड कार्यालयमा 'चिरख्वा हाइड्रोपावर प्राइभेट लिमिटेड'को नाममा दर्ता भएको थियो । त्यसको ११ वर्षपछि (२०७६ असार २५ गते) यो कम्पनी 'चिरख्वा हाइड्रोपावर  लिमिटेड'मा परिणत भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको घट्टेकुलोमा छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।  पूँजी संरचना  अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ४० करोड रुपैयाँ नै छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी २८ करोड रुपैयाँ मात्र छ । आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ कायम हुनेछ । कुल चुक्ता पूँजीमा संस्थापकतर्फ ७० प्रतिशत र स्थानीय बासिन्दासहित सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । वित्तीय अवस्था आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १४ हजार २६७ रुपैयाँ सञ्चित नाफामा छ । आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले ८२ लाख ९५  हजार रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय रुपैयाँ १ पैसा छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा भने २ करोड ७१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।  कति पाउला ओपन रेञ्ज ? कम्पनीले यो आईपीओ कारोबारका लागि धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कम्पनीको आईपीओ कारोबारमा आउनेछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य भने नेप्सेले निर्धारण गर्नेछ ।नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसआधारमा कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ १ पैसादेखि अधिकतम प्रतिकित्ता ३ सय रुपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीको पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।

सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा शुक्रवारदेखि ,कस्तो छ त कम्पनीको समग्र अवस्था ?

काठमाडौं   । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ गर्दैछ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।  १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको छ । सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलो अवधि भदौ २९ गतेसम्मका लागि तोकिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ समेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।  लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको परिचय ः नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको थियो । २०६४ साल असार १२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनीले २०७४ साल भदौ ७ गते जीवन बीमा सम्बन्धि कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा रहेको छ ।  पूँजी संरचना ः यो कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । अधिकृत पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ५ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रूपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ । सञ्चालक समिति ः यस कम्पनीमा हाल सात सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा प्रदीप जङ्ग पाण्डे रहेका छन् । औधोगिक क्षेत्रमा विगत ३५ वर्षेदेखि अनुभव बटुलेका पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष समेत हुन । पाण्डेसँग कम्पनीको १३ लाख ७५ हजार कित्ता शेयर स्वामित्व रहेको छ । कम्पनीका सञ्चालकहरूमा भने सुमित कुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर, दावा फुटी शेर्पा , अभिनव जङ्ग बहादुर राणा र श्रीमान कार्की रहेका छन् । श्रीमान कार्की भने स्वतन्त्र सञ्चालकको रुपमा रहेका हुन । वित्तीय अवस्था ः आर्थिक वर्ष ०७६÷७७ देखिनै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा ६० करोड ५० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७÷७८ मा ९० करोड ९० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८÷७९ सम्मको सञ्चित नाफा भने १ अर्ब २६ करोड ७६ लाख रूपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७९÷८० को वास्तविक वित्तीय विवरण भने कम्पनीले सार्वजनिक गर्न बाँकी छ । यस वर्ष भने कम्पनीले ३ अर्ब ४१ करोड ७१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष ०८१÷८२ मा भने कम्पनीको सञ्चित नाफा ३ अर्ब २ करोड रूपैयाँ हुने प्रक्षेपण कम्पनीको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २१ रूपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ । कति पाउँला पहिलो कारोबार मूल्य ? धितोपत्रको सार्वजनिक निष्कासन प्राथमिक बजारमा हुने गर्दछ भने उक्त धितोपत्र कारोबार योग्य हुन भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ पनि धितोपत्र प्राथमिक बजारमा सार्वजनिक निष्कासन तथा बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको पहिलो कारोबारमूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रहेको छ । नेप्सेले नयाँ सूचीकृत कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १७२ रूपैयाँ ४३ पैसादेखि अधिकतम प्रतिकित्ता ५१७ रूपैयाँ २९ पैसासम्म तोक्ने देखिन्छ ।

रावा इनर्जिको आईपीओ आजदेखि विक्रीमा, कस्तो छ कम्पनीको वित्तीय अवस्था  ?

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । अब सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । योमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्रीको अवधि जेठ २२ गतेसम्म तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा जेठ ३२ गतेसम्म विक्री समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूणर् शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सगरमाथा जलविद्युत्‌ कम्पनीको आईपीओ खुल्यो, यस्तो छ कम्पनीको वित्तीय अवस्था

सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकितदरका कुल ३५ लाख ८१ हजार ७६० कित्ता आईपीओ  बुधबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

आजदेखि खुल्यो आदर्श लघुवित्तको आईपीओ, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

आजदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० सय रुपैयाँ अंकित ६७ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।कुल निष्कासित सेयरमध्ये कर्मचारीका लागि १ हजार ३५ कित्ता सेयर छुट्याइएको कम्पनीले बताएको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ३ हजार ३५० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।आजदेखि खुलेको आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा मागअनुसारको आवेदन

आजदेखि आईपीओ खुलेको रिभर फल्सको कस्तो छ वित्तीय अवस्था ?

आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको रिभर फल्स पावर कम्पनीको  प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ थियो । यसैगरी, २०७८ पुस मसान्तमा ८६.६१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्ष २०७८/७९ मा ९२.५६ रुपैयाँ र आगामी आर्थिक वर्षमा १०२.७१ रुपैयाँ पुग्नेछ ।यसैगरी, २०७५ सालमा प्रतिकित्ता १.०६ रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा बढेर १०.०५ रुपैयाँ पुगेको छ । यसै

किन किन्ने चन्द्रागिरि हिल्सको आईपीओ ? यस्ता छन् आधार

तपाईले आईपीओ भर्नुभन्दा अगाडि कम्पनीको नाफाघाटाको अवस्था, चुक्ता पुँजी, प्रतिशेयर नेटवर्थ, आम्दानी, संचिती मुनाफा, साधारण लगानी फिर्ता अवधि, अधिकतम पुँजीलाई अध्ययन गर्नुपर्छ