आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि, कस्तो छ कम्पनीको समग्र अवस्था ? [भिडियोसहित]

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा भोलि (बुधवार)देखि आईपीओ विक्री गर्दैछ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गरेको छ ।  जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले १२ लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १ देखि १५ गतेसम्म आईपीओ विक्री गरिएको थियो । कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरी बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याइएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा असार २४ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्मका लागि तोकिएको छ । मागबमोजिम आवेदन प्राप्त भएमा छिटो अवधि असार २४ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्रीमा हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी ट्रिपल ए इस्यूअरदेखि केयर एनपी डी इस्यूअरसम्मको रेटिङ्ग प्रदान गर्छ । केयर एनपी ट्रिपल ए इस्यूअर रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा बलियो आधार रहेको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा कमजोर आधार रहेको संकेत गर्दछ । कम्पनीको परिचय २०६४ असोज १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७३ मंसिर २१ गते कारोबारका लागि स्वीकृति प्राप्त गरेको थियो । तत्कालीन बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनीले २०७४ असार २० गते अनुमति पाएको थियो । कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो ।  यस कम्पनीमा ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई, हाथवे इन्भेष्टमेन्ट नेपाल, एशियन डिष्ट्रिब्यूटर्स प्रालिजस्ता प्रतिष्ठित कम्पनीहरूको संस्थापक लगानी  छ । यस कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ ।  कम्पनीको मुख्य उद्देश्य नेपालमा प्रतिष्ठित बीमा कम्पनीको रूपमा स्थापित भई बीमा सेवा उपलब्ध गराउनुका साथै बीमितहरू तथा कम्पनीका लगानीकर्तालाई उचित प्रतिफल प्रदान गर्नु रहेको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी बीमा बजारमा एक अग्रणी बीमा कम्पनीको रूपमा अघि बढ्ने पनि कम्पनीको उद्देश्य छ । रजिष्टर्ड कार्यालय हाथवे कम्प्लेक्स लैनचौर, काठमाडौंमा रहेको कम्पनीले ८३ ओटा शाखा कार्यालय र ५७ ओटा उप शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय कम्पनीले थप एक शाखा कार्यालय र ८ उपशाखा कार्यालय खोल्न नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ । पूँजी संरचना यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ ।  जीवन बीमा कम्पनीका लागि नेपाल बीमा प्राधिकरणले गरेको व्यवस्थाबमोजिम चुक्ता पूँजी रू. ५ अर्ब कायम गर्नुपर्नेछ । सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीलाई थप रू. १ अर्ब पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्ष ०७९÷८० भित्र रू. ५ अर्ब चुक्ता पूँजी कायम गर्ने प्रक्षेपित योजना कम्पनीको छ । यस आधारमा चालू आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने कम्पनीको योजना रहेको बुझ्न सकिन्छ ।  वित्तीय अवस्था अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७÷७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ ।  वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।  सञ्चालक समिति हाल कम्पनीमा चार सदस्यीय सञ्चालक समिति छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि अर्याल छन् । संस्थापक तर्फको ५० हजार कित्ता शेयर स्वामित्व कायम गरेका अध्यक्ष अर्याल २०७४ असार २० गतेदेखि अध्यक्षको जिम्मेवारीमा छन् । अध्यक्ष अर्याल नेपाल राष्ट्र बैंकको पूर्वसञ्चालक हुन् । त्यस्तै कम्पनीको सञ्चालकहरूमा दीप चन्द्र रेग्मी, उषा ढकाल र विनोद के.सी छन् । विनोद केसी स्वतन्त्र सञ्चालकको रूपमा छन् । कति पाउला खुला मूल्य ? कम्पनीले प्राथमिक बजारमा विक्री गरेको आईपीओ कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा उसले न्यूनतम प्रतिकित्ता रू. १७६ दशमलव ५३ पैसादेखि अधिकतम प्रतिकित्ता रू. ५२९ दशमलव ५९ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ  खरीद गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीद गर्ने अन्तिम दिन असार २५ गते रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २५ गतेसम्म मात्र विक्रीमा रहने निश्चित भएको हो ।  कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १ गतेदेखि १५ गतेसम्म १२ लाख कित्ता आईपीओ विक्री गरी असार १९ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री खुला गरेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने बताएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो । यस कम्पनीले स्थापना कालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब  छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ ।

प्राविधिक कारण देखाएर आईएमई लाइफ इन्स्योरेन्सले सार्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्राविधिक कारण देखाएर आईपीओ निष्कासनको मिति सारेको छ । यसअघि असार २० गते २४ गतेसम्म आईपीओ निष्कासन गर्ने मिति तय गरेको कम्पनीले असार २० गते नै सूचना जारी गर्दै असार २१ देखि २५ गतेसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिएको हो ।  कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ देखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री छिटो अवधि असार २५ गतेसम्म तोकिएकोमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ४ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो । यस कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।  यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला