काठमाडौं उपत्यकामा सवारीमा जोरबिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ । पसलहरू पनि खुल्न थालेका छन् । सवारीको चाप बढेसँगै सडकमा धेरैपछि ट्राफिक जाम भएको छ । व्यापारिक केन्द्रहरु न्युरोडलगायतका क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरू करिब दुई महिना बन्द रहेको पसलको सरसफाइमा व्यस्त देखिन्थे । सुनचाँदी पसल, भाँडाकुँडालगायत पसलहरु खुल्न थालेका छन् । पसलहरु खुलेसँगै सर्वसाधारणको आवतजावत पनि बढेको छ ।