निषेधाज्ञा खुकुलो, बजार खुल्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञा खुकुलो भएसंगै मंगलबारदेखि आधा दिनसम्म बजार खुल्ने भएको छ ।जेठ ३१ गतेसम्मको लागि गरिएको निषेधाज्ञाको समय सकिएसंगै सोमबार प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा दैनिक बिहान ६ देखि ११ बजेसम्म बजार खोल्न पाउने भएको हो । खाद्य सामाग्री, निर्माण सामाग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक […]

सम्बन्धित सामग्री

रामेछापमा खुल्दै विद्यालय

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै रामेछापका स्थानीय तहहरू विद्यालय खोल्ने तयारीमा जुटेका छन् । मन्थली नगरपालिकाले भदौ २५ देखि आधारभूत र माध्यमिक तहका सबै कक्षाको पढाइ विद्यालयमै गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानीलगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

कोभिड-१९ महामारीका कारण पढाई लगभग ठप्प छ। वर्षा याम सकिँदै गर्दा आकाश खुल्दै आएको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाको चहलपहल पनि बढ्न थालेको छ। यही मेसोमा पसल खुल्न थालेपछि बालबालिका पसलसम्म पुगेर चंगा किन्न थालेका छन्। कोहीले आफै घरमै बनाउन थालेका छन् चंगा। यही चंगा उडाउँदै बालबालिका रमाइरहेको देखिन्छ