केही वर्षदेखि सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून हुने अवस्था मुलुकको समस्याको रूपमा देखा पर्दै आएको छ । यसले एकातिर आयोजनाको प्रगति सुस्त बनाएको छ भने अर्कोतिर समग्र अर्थतन्त्रमा तरलता अभाव हुनुका साथै पूर्वाधार लगानीको खर्चले अर्थतन्त्रलाई उद्वेलित गर्ने अवसर गुमेको छ । समयमै पूर्वाधार आयोजना सम्पन्न हुन नसक्दा पूर्वाधार सेवा प्रवाह र उत्पादकत्वमा पर्ने सकारात्मक […]