खल्ती र फोनपेबीच सम्झौता

काठमाडौँ – मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ। काठमाडौंमा सोमबार एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवाप्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका थिए। सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ। […]