काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ । छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर आइतबार ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।