नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य खगराज भट्ट यसपटक प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्ने तरखरमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार पराजित हुँदै आएका उनी यस पटक पराजयको शृङ्खला अन्त्य गर्न प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्न लागेका हुन् ।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनेगरी उनी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न लागेको बताइएको छ । डडेलधुराबाट प्रतिनिधिसभातर्फ यसपटक पनि प्रधानमन्त्री तथा कांग्रेस