काठमाडौं : विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भनेर भइरहेको दुष्प्रचार भइरहेको र यस्तो दुष्प्रचार भ्रमपूर्ण रहेको बताएकी छन्।ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गरिन्।उनले पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्र