फेटा गाउँपालिकामा विवेकशील साझा विजयी

बारा – बारामा विवेकशील साझा पार्टीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ । विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हात पारेको हो ।  गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साह निर्वाचित हुनुभएको हो । अन्सारीले चार हजार चार सय ८५ र साहले तीन हजार पाँच सय ७० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । विवेकशील साझा पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ ।  गाउँपलिका अध्यक्षमा निर्वाचित अध्यक्ष अन्सारीले नेपाली कांग्रेसको टिकट च्यातेर पार्टी परित्य...

सम्बन्धित सामग्री

स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पालिका अध्यक्ष पाएको छ । मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका अध्यक्षमा विवेकशील विजयी भएको हो । अध्यक्षका उम्मेदवार रुस्तम अंसारी ४४८५ मत ल्याएर विजयी भए । नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत पाए यस्तै उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन् । उनले ३५७० मत पाइन् । […]

बाराको फेटा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवै विवेकशील साझालाई

वीरगञ्ज – विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन्। उनी ४ हजार ४८५ मत ल्याएर विजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे। लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार […]

फेटामा विवेकशील साझाका रुस्तमको जित पक्का

५ जेठ, पर्सा । फेटा गाउँपालिका, बाराको अध्यक्ष विवेकशील साझा पार्टीका रुस्तम अन्सारीको जित सुनिश्चित भएको छ । निर्वाचन अधिकृत एवं उपसचिव गोपीकृष्ण रेग्मीका अनुसार फेटामा १३ हजार ४८६ मत खसेको थियो । अहिले ४ नम्बर वडाको मत गणना चलिरहेको छ र कुल मतमा ७८६ मत मात्र गन्न बाँकी छ । गाउँपालिकाका अध्यक्षका उम्मेदवार अन्सारीले […]

बाराको फेटा गाउँपालिका–३ को वडाध्यक्षमा विवेकशील साझा विजयी

वीरगञ्ज – बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले अर्को वडाध्यक्षमा जित हासिल गरेको छ। गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार प्रह्लाद प्रसाद साह तेली १ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीविरुद्ध ३९९ मतान्तरका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उपेन्द्र साहले ६५५ […]

स्थानीय चुनावमा तराजुको पहिलो विजय!

काठमाडौँ- रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ। बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका हुन्। सदस्यमा पार्टीकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र कलिमा खातुन विजयी भएका हुन्। फेटा गाउँपालिकाको अध्यक्ष पदका उमेदवार रुस्मत अन्सारीले पनि अग्रता लिइरहेको […]

भुँईबाटै उदायो तराजु : बाराको वडाध्यक्षबाट खोल्यो खाता

बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराई टिमसहित विजयी भएका छन् । सदस्यमा पार्टीकै कुदरत मियाँ अन्सारी, लालबाबु ठकुराई र महिला सदस्यमा कलिमा खातुन विजयी भएका हुन ।तराजु चुनाव चिन्ह लिएर पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिएको विवेकशील साझा पार्टीबाट मिरहमजाले पहिलो निर्वाचित जनप्रतिनिधिको खाता खोल्न सफल भएका हुन् । उनी ५९१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन् ।

विवेकशील साझा पार्टीले खाता खोल्यो, फेटा-६ को वडाध्यक्षमा ठकुराई विजयी

काठमाडौँ - विवेकशील साझा पार्टीले खाता खोलेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा मौलाना अमिर हमजा ठकुराई विजयी भएका छन् ।  उनले ५९१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत प्राप्त गरे । फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका ...

विवेकशील साझा पार्टीले खाता खोल्यो, फेटा-६ को वडाध्यक्षमा ठकुराई विजयी

काठमाडौँ - विवेकशील साझा पार्टीले खाता खोलेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा मौलाना अमिर हमजा ठकुराई विजयी भएका छन् ।  उनले ५९१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत प्राप्त गरे । फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका ...

बाराको फेटा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा विवेकशील साझाको अग्रता कायमै

वीरगञ्ज – बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवकशील साझा पार्टीले अग्रता कायमै राखेको छ। विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका रुस्तम अन्सारी १ हजार ५३४ मतका साथ अगाडि रहेका छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार मदनप्रसाद साह कानुले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका […]