एमालेले निर्वाचन आयोगलाई पठायो केन्द्रीय सदस्यको अध्यावधिक विवरण

काठमाडौं : सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो। सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने अध्यादेश जारी गरेपछि नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नबाट रोक्न ओलीले आयोगमा केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गराएका हुन्।पार्टीबाट कसैलाई कारबाही गरेको नभएर नवौं राष्ट्रिय महाधिवेशनबाट निर