सल्यानको बागचौरमा लिफ्ट प्रविधिबाट घर–घरमै धारा

सल्यान : लाटीगार खोला किनारमा रहेको मुहानबाट एक गाग्री पानी ल्याउन आधा घण्टा भन्दा बढी समय खर्चिनुपर्थ्यो। हिउँदमा झनै सास्ती खेप्नुपर्थ्यो। अहिले बागचौर नगरपालिका २ की ५२ वर्षीया दीपा खत्रीको दैनन्दिन फेरिएको छ। घरमै धारा आउँदा उनी हर्षित छिन्। पानी ओसारेरै जीवन जाने भो भन्ने सोच्नु भएकी खत्रीलाई आफ्नै घरको आगनमा पानीको धारा आएपछि सुरुका केही दिन सपना जस्तै लागेको थियो।हिउँदको समयमा रातको १ बजेसम्म लाइनमा बसेकी उहाँलाई अहिले समयको बचत हुनुका साथै दुःखका दिन गएको अनुभुति भएको छ। &lsquo

सम्बन्धित सामग्री

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।

खानेपानीका लागि दुई घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो

सल्यान : लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि सल्यानको त्रिवेणी गाउँपालिका १ खज्जरका स्थानीयवासी हर्षित छन्। पानीको खोजीमा दुई घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै यहाँका स्थानीयवासीमा खुशी छाएको हो । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएको स्थानीय लीला रोकाले खुशी व्यक्त गरिन्। ‘यहाँका महिलाले वर्षौँदेखि २ घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे’, उनले भनिन्,

काकाकुल बस्तीमा घरैपिच्छे धारा

खानेपानीको चरम अभाव झेल्दै आएका तनहुँको एक गाउँका बासिन्दा घरैपिच्छे धारा जडान भएपछि हर्षित भएका छन् । लिफ्ट प्रविधिबाट खानोपानीको धारा जडान भएपछि कुवाबाट एक गाग्री पानी ल्याउन एक घण्टा खर्चनुपर्ने बाध्यता हटेपछि म्याग्दे गाउँपालिका–२ झ्यालगैरा, जामुनेका वासिन्दा खुसी भएका हुन् ।

अझै पनि पाइदैन आमाको नाममा नागरिकता

पूर्णप्रसाद मिश्र- काठमाडौं : संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ। संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका-५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाएका छैनन्। महिला, कानुन र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको…

लिफ्ट प्रणालीबाट खानीपानी

डोटी । डोटीको शिखर नगरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । वर्षौं पहिलेदेखि खानेपानीको समस्या भएको उक्त गाउँमा नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत खानेपानीको व्यवस्था मिलाएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा ३६ लाख ३४ हजार ८८८ रुपैयाँ लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको नगरपालिकाले बताएको छ । आयोजना निर्माण भएसँगै खानेपानी अभावको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् । चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।  गाउँको बस्तीभन्दा २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानी ट्यांकीमा भण्डारण गरी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार आयोजनाअन्तर्गत गाउँभर १२ धारा निर्माण गरिएका छन् । रासस

पिखुवा खोला लिफ्टिङ आयोजनाको पानी वितरण हुँदै

भोजपुर । भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् ।      आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षण समेत शुरू भएको छ । पिखुवा खोलाबाट पम्पिङ गर्ने, ट्यांकी निर्माण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब १२ करोड ४० लाख लगानीमा निर्माण शुरू गरिएको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले जानकारी दिए । लिफ्टिङको सफल परीक्षण पश्चात् लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताए । लामो समयदेखि खानेपानीको संकट बेहोर्न बाध्य स्थानीयवासी लिफ्ट प्रविधिबाट तानेको पानी आउने भएपछि उत्साहित छन् । खानेपानीको अभावका कारण बसाइसराइ हुँदा सो भेगका बस्ती रित्तिँदै गएका थिए । अब भने पानी अभावकै कारण बस्ती छाड्नुपर्ने अवस्था अन्त्य हुने स्थानीय राम तामाङले बताए । रासस

३६ लाखको लागतमा डोटीमा लिफ्ट खानीपानी आयोजना

जेठ ७, डोटी । शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रू. ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।  चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।  गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्यांकीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् । रासस

लिफ्टिङ प्रविधिबाट बझाङका दुर्गम गाउँमा खानेपानी

दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई आँगनमै खानेपानीको धारा बनेपछि हाइसन्चो भएको छ । वर्षौंदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । उनी भन्छिन्, “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर […]

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

वैशाख १२, बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन ।  अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याएपछि उनी मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।  आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनु पर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि सञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आएकी उनले गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताइन् ।  ‘अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ’, उनले भनिन्, ‘पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।’ गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् । दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहर पानी पिउनु परेको छैन । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् ।  घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइएको हो ।  जिल्लामा  हालसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँच पुर्‍याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताए । परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुंगल नगरपालिकामा दुईओटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताए ।  उनले भने, ‘बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्यांकीमा जम्मा हुन्छ । सोही ट्यांकीबाट घरघरमा वितरण गरिन्छ ।’ आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करीब सात हजार जनसंख्या लाभान्वित भएका छन् । रासस

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइँदै

बझाङ : बुङगल नगरपालिका-६, बड्डी ज्यावनकी धनमति धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन। अचेल उनलाई पानी लिनकै लागि सबेरै उठ्नुपरेको छैन। घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन। ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि बाट गाउँमा खानेपानी पुर्‍याएपछि गाउँलेकै दैनिकि फेरिएको छ। आयोजना निमार्ण हुनुअघि गाउँ तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षातको समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो। वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि धारा जडान भएपछि गाउँमा...