लिफ्ट प्रणालीबाट खानीपानी

डोटी । डोटीको शिखर नगरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । वर्षौं पहिलेदेखि खानेपानीको समस्या भएको उक्त गाउँमा नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत खानेपानीको व्यवस्था मिलाएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा ३६ लाख ३४ हजार ८८८ रुपैयाँ लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको नगरपालिकाले बताएको छ । आयोजना निर्माण भएसँगै खानेपानी अभावको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् । चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।  गाउँको बस्तीभन्दा २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानी ट्यांकीमा भण्डारण गरी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार आयोजनाअन्तर्गत गाउँभर १२ धारा निर्माण गरिएका छन् । रासस

सम्बन्धित सामग्री

पोखराको नयाँ मापदण्डः पाँचतला भन्दा अग्ला घर बनाउन पाइने, तर लिफ्ट राख्नैपर्ने

पोखरा महानगरभित्र पाँचतला वा १७ मिटर भन्दा अग्ला घर बनाउँदा लिफ्ट अनिवार्य गरिएको छ। त्यसले गर्दा अब बन्ने सबै अग्ला भवनमा लिफ्ट जडान हुनेछन्।...

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

काठमाडौंका आकासे पुलमा लिफ्ट जडान गरिँदै

पहिलो चरणमा पुरानो बसपार्क, नयाँ बानेश्वर र चाबहिलमा लिफ्ट राखिने पुरानो बसपार्कस्थित आकासे पुलमा अब लिफ्ट जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कसहित तीनवटा आकासे पुलमा चालू आर्थिक वर्षमै लिफ्ट...

तेह्रथुममा लिफ्ट सिँचाइ आयोजना सञ्चानल, स्थानीय खुशी

तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी […]

जाजरकोटका लिफ्ट सिँचाइ योजना अलपत्र

जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन् । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भए पनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकीसम्म ल्याइएको पाइपले ट्यांकीसम्म नै नजोडी बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्या भएको हो । भेरी नगरपालिका–१ रिम्ना […]

रेखदेख नहुँदा तीन वर्षदेखि लिफ्ट सिँचाइ बन्द

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको हो । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको हो । नगरपालिकाको वडा नम्बर ८ र ९ का करिब […]

भारतको अहमदबादमा लिफ्ट चुँडिदा ७ को मृत्यु

काठमाडौं । भारतको अहमदबादमा एक निर्माणाधीन भवनको लिफ्ट चुँडिदा दुर्घटना सात जनाको मृत्यु भएको छ । गुजरात युनिभर्सिटी नजिकै भएको दुर्घटनामा एक जना घाइते भएका छन् । भवनको नवौं तलामा निर्माण सामग्री ओसारिरहेकै बेला लिफ्ट चुँडेको हो । नवौं तलाबाट झरिरहेको लिफ्ट सातौं तलामा पुग्नासाथ चुँडिएर खस्दा लिफ्टमा सवार ७ जनाको मृत्यु भएको हो भने […]

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो ।तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयो

संक्रमितलाई ‘एयर लिफ्ट’ गर्न हेलिकप्टर कम्पनीलाई भ्याईनभ्याई

काठमाडौं। कोरोना संक्रमिणका गम्भीर बिरामी बढ्दै गएपछि ‘एयर लिफ्ट’ गर्न हेलिकप्टरको प्रयोग बढ्न थालेको छ। महामारीले थन्किएर बसेका हेलिकप्टर कोरोनाको दोस्रो लहरसँगै एयर लिफ्टमा प्रयोग हुन थालेको हो। गम्भीर प्रकृतिका बिरामीले बेड नपाएपछि एक स्थानबाट अर्को स्थानमा लग्न थालिएको छ। पछिल्लो दुई साता यता एयर लिफ्ट गर्ने बिरामी बढेपछि मागअनुसारको उडान भर्न नसकेको हेलिकप्टर कम्पनीहरुको भनाई छ।