३६ लाखको लागतमा डोटीमा लिफ्ट खानीपानी आयोजना

जेठ ७, डोटी । शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रू. ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।  चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।  गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्यांकीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् । रासस

सम्बन्धित सामग्री

अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग

सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ। सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो।...

शून्य लागतमा एक हजार कामदार मलेसिया जान पाउने

काठमाडौं– वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन्। त्यसका लागि मलेसियामा रहेको कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता गरेका हुन्। माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो। मलेसियाको माई टेक र एसेम्ब्ली […]

शून्य लागतमा एक हजार कामदार मलेसिया जान पाउने

वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन् । त्यसका लागि मलेसियामा रहेको कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता गरेका हुन् । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्ष

सून्य लागतमा मलेसियामा रोजगारी

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले सून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।  मलेसियन कम्पनी माइटेक एन्ड एसेम्ब्ली एसडिएन बिएचडीले...

शून्य लागतमा मलेसियामा रोजगारी

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौंस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेन

शून्य लागतमा मलेसियामा रोजगारी

काठमाडौँ– वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली […]

बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने

बेलायत सरकारले शून्य लागतमा नेपाली नर्स लैजाने भएको छ । बेलायत र नेपाल सरकारबीच भएको छलफलमा नेपालबाट रोजगारीका लागि जाने नेपाली नर्सको सबै खर्च बेलायत सरकारले नै व्यहोर्ने सहमति भएको हो ।...

चालिस लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण

कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ।...

सिदार्थनगरले बनायो १२ करोडको लागतमा कृषि भवन

सिद्धार्थनगर नगरपालिकाले १२ करोड रुपैयाँ बढीको लागतमा कृषि बजार भवन निर्माण गरेको छ। कृषि बजार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १२ करोड १३ लाख ३६ हजार रुपैयाँ लागतमा कृषि भवन निमार्ण गरिएको...

पाँच करोडको लागतमा भवन

वाग्मती, २८ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो । यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा […]