मोरङको मिक्लाजुङमा एमालेका गढ भत्कियो, अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका का उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ

सम्बन्धित सामग्री

गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस

चरीकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन् । चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन् । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त […]

दाङको गढवाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्। माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७ मत ल्याएर पराजित भएका छन्। एमालेका सहजराम अहिरले ४१३१ मत ल्याएका छन्। गढवामा माओवादी र एकीकृत समाजवादी गठबन्धन थियो। काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए। उपाध्यक्षमा निर्वाचित काँग्रेसकी चौधरीले ५१८१ म

गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । माओवादीका दिपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याउदै अध्यक्षमा विजयी बन्दा प्रतिस्पर्धी काँग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा नेपाली काँग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

रुकुम पश्चिमको बाफिकोट अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा काँग्रेसका जनककुमार बाँठा मगरले ४४५५ मत र माओवादीका चन्द्रबहादुर केसीले ४४२४ मत ल्याएर पराजित भएका छन्।माओवादीका केसीले काँग्रेसका बाँठा मगरसंग ३१ मतले पराजित भएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी तारा बुढा केसीले ४५६० मत ल्याएकी छिन् भने काँग्रेसकी नन्दकुमारी केसीले ४१६० मत ल्याएर पराजित भएकी थिइन। पालिकाका १० वडा अध्यक्षमा ८ माओवादी २ काँग्रेसले जितेको छ।

साकेलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् । रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्

दाङको बंगलाचुली गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस

दाङ : बंगलाचुली गाउँपालिका पाँचदलीय गठबन्धन विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो।माओवादी केन्द्रका तुलसीराम पुन‘सुवास पाँच हजार ७४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनकानिकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले तीन हजार ६७८ मत प्राप्त गरे। उपाध्यक्षमा गठबन्धनबाट पाँच हजार ९४५ मत ल्याएर नेपाली कांग्रेसका भक्तबहादुर जिसी उपप्रमुख विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी एमालेकी  सरस्वताकुमारी घ

जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

रुकुम पश्चिम । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, काँग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बनेका हुन् । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् । रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित […]

खोटाङमा काँग्रेस-माओवादी र जसपा-एकीकृत समाजवादीको अलग गठबन्धन

खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार-चार जनाले मनोनयन दर्ता गराएका छन् । काँग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा काँग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ । राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको