खोटाङमा काँग्रेस-माओवादी र जसपा-एकीकृत समाजवादीको अलग गठबन्धन

खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार-चार जनाले मनोनयन दर्ता गराएका छन् । काँग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा काँग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ । राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको

सम्बन्धित सामग्री

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा काँग्रेसका बागी उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उपसभापतिसमेत हुन् । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा

नेपालगञ्जमा गठबन्धनमा अन्तरघात हुँदा जसपालाई फाइदा

नेपालगञ्ज उपमहानगरमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो ।गत वैशाख ३० गतेको निर्वाचनमा गठबन्धन रहेको काँग्रेस–जसपा कार्यपालिका सदस्य निर्वाचनमा फुटेर नयाँ गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच स्पष्ट बहुमत हुँदा हुँदै पनि गठबन्धनका तीन जना उम्मेदवार पराजित गराउँदै जसपाले फाइदा उठाएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्व

ललितपुरमा काँग्रेस-माओवादी तालमेल बागमतीमा मात्र सफल, अन्यमा घात-अन्तर्घात

काठमाडौं, ४ जेठ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल बागमती गाउँपालिकामा मात्र सफल देखिएको छ । बागमतीमा काँग्रेसका वीरबहादुर लोप्चनले अध्यक्ष जित्दा माओवादीका भक्तबहादुर दर्लामीले उपाध्यक्ष जितेका छन् । ललितपुुरमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा नेकपा एस बाहिर पारिएको छ । ललितपुर महानगरपालिकामा मात्र गठबन्धन छ । तर, ललितपुरमा मेयर काँग्रेसले जित्ने […]

रावाबेँसी गाउँपालिकामा काँग्रेस-माओवादी गठबन्धन अगाडि

खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ । २०० मत गणना सकिँदा काँग्रेस अगाडि छ । अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पोखरेलले ६८ मत पाएका छन् ।उपाध्यक्षमा कांग्रेसका लिलानारायण श्रेष्ठले ९५ मत पाउँदा एमालेका कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ

ओखलढुङ्गामा भाँडियो गठबन्धन, जसपा र समाजवादी आउट

ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडिएको छ । काँग्रेस–माओवादी मिलेपछि जनता समाजवादीले गठबन्धन छोडेको घोषणा गरेको छ । सो पार्टीले गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने विज्ञप्ति निकालेर जनाएको छ । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनबाट लगभग बाहिरिसके पनि घोषणा हुन बाँकी छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा काँग्रेस–माओवादी तालमेल गर्ने सहमति भैसकेको छ ।

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान

बालुवाटारमा काँग्रेस–माओवादी बैठक, गठबन्धन जोगाउन दुबै पक्ष सकारात्मक

सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।  अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।&n

फुटतिर गठबन्धन, काँग्रेस–माओवादी आ–आफ्नो बाटो लाग्ने

एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।बिहीबार बिहान माओवादी र एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यो न

बादललाई हराउने रणनीतिका साथ काँग्रेस-माओवादी गठबन्धन बन्ने

काठमाडौं, १० वैशाख । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेबाट राष्ट्रिय सभाको रिक्त सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बागमती प्रदेशबाट अन्यमा निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पद खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । सोही पदमा माओवादी केन्द्रमा रहँदा बादल नै […]