दाङको गढवाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्। माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७ मत ल्याएर पराजित भएका छन्। एमालेका सहजराम अहिरले ४१३१ मत ल्याएका छन्। गढवामा माओवादी र एकीकृत समाजवादी गठबन्धन थियो। काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए। उपाध्यक्षमा निर्वाचित काँग्रेसकी चौधरीले ५१८१ म

सम्बन्धित सामग्री

बरियारपट्टीको अध्यक्षमा जसपा र उपाध्यक्षमा काँग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी  र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन

गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस

चरीकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन् । चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन् । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेस उम्मेदवार भक्तध्वज बोहरा विजयी भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् ।

रुकुम पश्चिमको बाफिकोट अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा काँग्रेसका जनककुमार बाँठा मगरले ४४५५ मत र माओवादीका चन्द्रबहादुर केसीले ४४२४ मत ल्याएर पराजित भएका छन्।माओवादीका केसीले काँग्रेसका बाँठा मगरसंग ३१ मतले पराजित भएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी तारा बुढा केसीले ४५६० मत ल्याएकी छिन् भने काँग्रेसकी नन्दकुमारी केसीले ४१६० मत ल्याएर पराजित भएकी थिइन। पालिकाका १० वडा अध्यक्षमा ८ माओवादी २ काँग्रेसले जितेको छ।

साकेलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् । रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले

बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले) का शकुन्तला साउद विजयी भएका छन् ।  अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २ हजार ८ सय ४९ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका शकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्रसिंह साउदले २ हजार ६ सय ७९ मत ल्याएका छन् ।  ६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा(माओवादी केन्द्र) ले विजय हासिल ग

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]