रुकुम पश्चिमको बाफिकोट अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा काँग्रेसका जनककुमार बाँठा मगरले ४४५५ मत र माओवादीका चन्द्रबहादुर केसीले ४४२४ मत ल्याएर पराजित भएका छन्।माओवादीका केसीले काँग्रेसका बाँठा मगरसंग ३१ मतले पराजित भएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी तारा बुढा केसीले ४५६० मत ल्याएकी छिन् भने काँग्रेसकी नन्दकुमारी केसीले ४१६० मत ल्याएर पराजित भएकी थिइन। पालिकाका १० वडा अध्यक्षमा ८ माओवादी २ काँग्रेसले जितेको छ।

सम्बन्धित सामग्री

जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

रुकुम पश्चिम । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, काँग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बनेका हुन् । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् । रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित […]