अन्नबाट निर्मित प्रतिमाको विश्व रेकर्ड यसै हप्ता प्राप्त हुने

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा अन्नबाट निर्मित रामजानकी प्रतिमाको विश्व रेकर्ड चार दिनभित्रै पाइने बताएका छन्।अध्यक्ष महासेठले सामाजिक सञ्जालमा आइरहेका विभिन्न किसिमको प्रतिक्रियाको जवाफ दिँदै तीनचार दिनभित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने बताए।विश्व रेकर्ड कायम हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष महासेठले प्रतिमा निर्माणको लक्ष्य पूरा हुने बताए।अध्यक्ष महासेठले भने‚ ‘जनकपुरधामले यसपालि फरक किसिमले आत्मीयता देखायो‚