भन्सारमा यसरी हुन्छ सेटिङ

काठमाडौं । मुलुकमा २०४६ सालमा बहुदलीय व्यवस्था लागू भएपछि गठित सरकारी संयन्त्रहरू तस्करीमा प्रयोग हुन थालेपछि मुलुकको राजस्व उठ्तीमा समेत प्रभाव पर्न थाल्यो । २०५४ सालमा तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभामा राजस्व चुहावटका विषयलाई लिएर हल्लीखल्ली भयो । संसदमा यस विषयमा बहसका क्रममा मुलुकको राजस्वमा हानी नोक्सानी पुर्&zwj...

सम्बन्धित सामग्री

हट्यो ड्राइपोर्टको हरियो लेन

वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याइने गरेको रहस्य खुलेपछि भन्सार विभागले जाँचपासको हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका वस्तु जाँचपास हुने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएको रहस्य बाहिर आएपछि विभागको जोखिम मूल्यांकन समितिले उक्त लेन नै हटाइदिएको हो ।  भन्सारमा हरियो, पहेंलो र रातो लेनमा आयातित वस्तुको जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । आयातकर्ताले यही लेनमा आउने वस्तु भन्दै सुपारी आयात गरेको भेटिएपछि अहिलेका लागि यो लेन नै हटेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए ।  ‘एउटा भनेर अर्कै सामान ल्याएको भेटिएपछि हामीले नै भन्सार विभागलाई आग्रह गरेर यो व्यवस्था हटाउन आग्रह गरेका हौं । अहिले पहेंलो र रातो लेनमा मात्रै जाँचपास भइरहेको छ,’ शर्माले भने राजस्व छल्ने सम्भावना नभएका वस्तु हरियो लेनमा आउँछ ।  यस्ता वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेंलोमा आयातसम्बद्ध कागजात जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेर मात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।  राजस्व चुहावट नहुने भनिएको हरियो लेनबाट आउने कुखुराको दाना र मुसुरो दालको कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कुटरलगायत सामान फेला परेको हो ।  केही व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको भन्सार अधिकारी बताउँछन् । सुक्खा बन्दरगाहमा विगत ४ वर्षदेखि अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपछि यो रहस्य खुलेको हो ।  भन्सारले गत मङ्सिर १० गते त्यहाँ थन्किएका ४०० भन्दा बढी कन्टेनर लैजान सूचना निकालेको थियो । भन्सार हातामा प्रवेश गरेको ६० दिनभित्र मालसामान जाँचपास गराइसक्नुपर्ने प्रावधान भन्सार ऐनमा छ । यो समयभित्र जाँचपास नगराए जफत गर्न सकिने व्यवस्था छ ।  आयातकर्ता मालसामान लिन नआएपछि ती कन्टेर खोलर हेर्दा घोषणाभन्दा फरक वस्तु भेटिएको हो । भन्सार विभागका अधिकारीले वीरगञ्ज आएर कन्टेनर जाँचबुझ गरेका छन् । अधिकांश वस्तु कुहिएको र नष्ट गर्नुपर्ने अवस्थामा रहेको भन्सारले जनाएको छ । चार सयमध्ये सयभन्दा बढी कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएपछि भन्सारले आयातकर्तालाई उपस्थित हुन पत्र काटेको छ ।  सरकारले २०७६ चैतमा सरकारले केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसैबेला तत्कालीन सत्ताधारी दलसम्बद्ध राजनीतिज्ञ, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा प्रतिबन्धित वस्तु भित्त्याउने धन्धा चलेको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए । यो प्रकरणमा तलदेखि माथिसम्म सेटिङ भएको दाबी ती अधिकारीले गरे । ‘सेटिङ नभई यो हदको बदमासी हुनै सक्दैन । सबै मिलेमतोमै भएको हो,’ पहुँचवाला र शक्तिशालीको मिलेमतोको काम भएकोले आफूलाई दु:ख दिन सक्ने भन्दै नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने ।

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

–भन्सार विभागले थाल्यो छानबिन –स्वघोषणा नगरिए सामान बरामद गरिने –राजस्व छली रोक्न अख्तियारको निर्देशन काठमाडौं ।  वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले […]

राजस्व चुहावट नियन्त्रणमा विरोधाभास : अवैधसँग साँठगाँठ, वैधलाई पेलान

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले आफ्नो फेसबुक पेजमा लेखे– वीरगञ्जमा चिनीको मूल्य रू. ७९, काठमाडौंमा रू. १४०, चिनी चाहिए वीरगञ्ज आउनुहोस् ।  उनको अभिव्यक्ति तस्करी नियन्त्रणको जिम्मेवारी लिएर बसेका निकायहरूकै ‘मिलेमतो’मा भइरहेको अवैध कारोबारप्रतिको कटाक्षमात्र होइन, यथार्थ नै हो ।  सीमाक्षेत्रमा खटिएका प्रहरी प्रशासनसँगको ‘सेटिङ’मा भारतबाट अवैध रूपमा भित्रिएको चिनी काठमाडौंलगायत देशका मुख्य शहरमा दोब्बर मूल्यमा विक्री भइरहेको छ । ग्रामीण क्षेत्रका उपभोक्ताले त त्योभन्दा पनि बढी मूल्य तिरिरहेका छन् । स्वदेशमा मागको करीब आधा परिमाण उत्पादन भएको र भारतले आफ्नो आपूर्ति व्यवस्थापनका लागि निर्यातमा रोक लगाएको मौका छोपेर तस्करले सीमाक्षेत्रबाट भित्त्याएको चिनी काठमाडौं, नारायणगढ, पोखरालगायत शहर र ग्रामीण क्षेत्रमा पुर्‍याएका छन् ।  सिमानाबाट ती स्थानसम्म पुग्ने बाटोमा ठाउँठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको निगरानीबाट जोगिनुपर्छ । तर, ती कुनै पनि निकायले तस्करीको चिनी ओसारपसार रोकेको देखिएको छैन ।  उपाध्यक्ष गौतमले नै सरकारले काजुको आयातमा लाग्ने राजस्वको दर बढाएपछि अवैध माध्यमबाट भित्रिइरहेको आशयको स्टाटस लेखे । भन्सारले काजुको मूल्यांकन प्रतिकिलो साढे ६ अमेरिकी डलर तोकेको छ । त्यसमा ४३ प्रतिशत राजस्व लिन्छ ।  भन्सारमा उच्च दरको राजस्व लिन थालिएपछि यतिबेला काजु तस्करीको माध्यमबाट भित्रिइरहेको छ । भन्सारबाट यसको जाँचपास खासै नभएको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकाल बताउँछन् । बजारमा यो सजिलै पाइन्छ, तर मूल्य आकाशिएको छ । सरकारले केराउ र छोकडाको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन । बजारमा यी वस्तुको कमी छैन, मूल्य भने चर्को छ । सरकारले आयात अनुमति नदिएका र आयात गर्न पाइने भए पनि भन्सारको रेकर्डमा खासै नदेखिएका वस्तु बजारमा जताततै पाइन्छन् । दुई नम्बरी कारोबारीसँग कानून कार्यान्वयन गर्ने निकायको मिलेमतोविना यो सम्भव नहुने व्यापारी बताउँछन् ।  वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले सरकारले यस्ता अत्यावश्यक सामग्री आयातको अनुमति नदिए पनि अवैध आयात भइरहेको दाबी गरे । केराउ र छोकडा आयातमा प्रतिबन्ध लगाउँदा अवैध माध्यमबाट आपूर्ति भइरहेको उनको भनाइ छ ।  अवैध कारोबारमा संलग्न व्यापारीले कानून कार्यान्वयन गर्ने निकायसँगको ‘साँठगाँठ’मा निर्बाध धन्दा चलाइरहँदा तिनै निकायले अनुगमनका नाममा वैध करोबारीलाई दु:ख दिएको गुनासो निजीक्षेत्रले गरेको छ । उद्योग र व्यापार क्षमताको एक चौथाइमा सीमित भएको अहिलेको अवस्थामा सरकारले सहजीकरण गर्नुपर्नेमा उल्टै हतोत्साहित पार्ने काम गरेको व्यवसायीले बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले वैध कारोबारमा संलग्न व्यवसायी अवैध कारोबारका कारण समस्यामा परेको बताए । वीरगञ्जमा आयोजित एक कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अवैध कारोबार र राजस्व चुहावट नियन्त्रणमा सहयोग गर्न उद्यमी व्यापारीलाई आग्रह गरेपछि अध्यक्ष टेमानीले निजीक्षेत्र सधैं अवैध व्यापारको विपक्षमा रहेको स्पष्ट पारेका थिए ।  ढुंगानाले ठूला र प्रतिष्ठित व्यापारीसमेत अवैध कारोबारमा लागेको बताएका थिए । उनले निजीक्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको भन्दै वैध व्यवसायलाई प्रोत्साहन गर्ने र अवैधलाई निरुत्साहित गरिने बताए । उनले व्यवसायीलाई सरकारको राजस्व लक्ष्यमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । सरकारका तहगत संयन्त्रहरू अवैध व्यापारको नियन्त्रणमा लाग्दा पनि उपलब्धि हात नलाग्नु रहस्यमय भएको टेमानीले दाबी गरे । चुहावट नियन्त्रणका कमीकमजोरी नहटाए गम्भीर आर्थिक संकट आइपर्ने उनले चेतावनी दिए । तहगत सरकारका नीति र नियममा एकरुपता नहुँदा उद्यम, व्यापार असहज बन्दै गएको टेमानीको भनाइ छ ।  उद्योग, व्यवसायमैत्री वातावरण सृजना गर्नुपर्ने तर्क वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालको छ । उद्योग व्यापार समस्यामा परेको अहिलेको अवस्थामा सरकारले सहजीकरण गर्नुपर्ने माग उनले गरे ।  चुहावट नियन्त्रणका नाममा सरकारले लिएको नीतिका कारण उद्योगी, व्यवसायी प्रताडित भएको र उद्योग व्यापारको वातावरण बिग्रिँदै गएको वरिष्ठ उपाध्यक्ष गौतमले बताए । ‘अर्थतन्त्र चलायमान छैन । उद्योग–व्यवसाय बन्द भइरहेका छन् । यस्तो अवस्थामा राजस्वको लक्ष्य कसरी पूरा हुन्छ ?’ उनले प्रश्न गरे । सरकारले अनावश्यक झन्झट दिएकाले उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको उनको गुनासो छ । सरकारले राजस्व असुलीका अड्डाहरूलाई आधारविना राजस्वको लक्ष्य बढाएर दिएकाले त्यसको मारमा निजीक्षेत्र परेको गौतमको भनाइ छ ।

सुन सुन हे कान्छा !

हाम्रो देशमा सुन भनेसी मान्छे भुतुक्कै हुन्छन् । तर समय परिस्थिति अनुसार यो सुनको अर्थ अनर्थ पनि हुन पुग्दो रहेछ, सामान्यतया सोचिने भन्दा फरक अर्थ पनि बोक्दो रहेछ । नपत्याए ल पढ्नुस् । सुन सुन हे कान्छा भनेको त सुन्नु हैन रहेछ, पहेँलो धातु पो रहेछ । पहिले सुनै सुनको लंका श्रीलंका भन्ने बुझ्थे । अहिले हामै्र देशकोे एयरपोर्ट । जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? हङकङ, सिंगापुर, साउदी अरबहरू पनि क्या दानी क्या ! नेपाल गरीब छ भनेर माया गरेर नेपालको एयरपोर्टसम्मै सुन ल्याइदिन्छन् भन्या । कहिले कपको पिँध बनार, कहिले ब्रेक शुमा छिरार, कहिले बिजुली चुरोटमा घुसार, कहिले पानी तान्ने पम्पमा पेलेर । कहिले शरीरभित्र लुकाएर । अझ मगन्ते घुमन्तेलाई त औंठी, सिक्री के के भिरार ठ्याक्कै ५० ग्राम प्रतिटाउको पठाइदिन्चन् भन्या । देवकोटाका मदन सुनका डल्ला लिन तिब्बत धाउँथे, अचेलकी मुना दुबई उड्छिन् । अनि तिब्बतले ऊ बेला सुनका डल्ला पठाउँथ्यो अहिले ल–सुनका पोटी । आखिर ल–सुनमा पनि सुन त छँदै छ नि । त्यसैले हाम्री बज्यै भन्थिन्, ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ । अहिले एयरपोर्टमा सुन छ, तर मेरो लकर रित्तै । जे होस्, मान्छे भनेको व्यवसायी दीपक मल्होत्रा जस्तो लोभ लालच नभएको हुनुपर्छ है । सबैले १०० केजी सुन तेरो हो भन्दा पनि पत्रकार सम्मेलन नै गरेर मेरो होइन भनेर ठोकुवा गरे । त्यै सुन तेरो हो भन्देलान् भनेर राकेश अडुकिया चैं भाग्यो रे । उहिले त्यागको महिमा गाउँथे । क्विन्टलका क्विन्टल सुन मेरो होइन भन्न सक्ने मान्छेहरू जति ठूलो त्यागी अरू कोही हुन सक्छ दुनियाँमा ? सुन देखेपछि आँखाको चमक नै उड्छ भन्थे, हो रै छ । पुराना मोबाइलधरि ठ्याक्कै समात्ने आँखा, सुन देखेपछि तिरमिर तिरमिर भर केही चिनिन्न बा ! त्यही भएर एक्सरे स्क्यानर भएर पनि बिचरा कर्मचारीले सुनै चिन्न नसकेका । किन्नै नसक्नेले चिन्ने कुरो पनि आएन नि । पञ्चायतकालमा एउटा सांसद थिए । उनको सुन समातियो । अनि गएर भाषण गरे, ‘सबैलाई सानो बुलाकी लगाइदिऊँ भनेको सरकारले सबै खोस्यो’, भोट जति तिनैले पाए । तिनको नामै सुन बुढा भयो रे । सरकारलाई थाहा नभई सुन तस्करी नै हुन्न रे । महान् पूर्वप्रधानमन्त्री बाले आफ्नो अनुभव सुनाइरहन्छन् । आफ्ना पालामा तस्करी भयो भन्दैमा सबैका पालामा नहोला, तिनलाई बुझाउने कसले ? अनि अनुभवहीन प्रधानमन्त्रीलाई ज्ञान बाँड्दा पनि मान्छे कुरा काट्छन् भन्या । अनि तिनै प्रधानमन्त्रीका पालामा सुन तस्कर समातिए, सुन अहिलेसम्म फेला पर्‍या छैन । राजस्व अनुसन्धान विभागलाई प्रम कार्यालयकै मातहतमा ल्याउँदा पनि ३३ किलो सुन अहिलेसम्म फेला परेन । तिनैका पालामा कति किलो हो सुन समातेको, परीक्षण गर्दा पित्तल पो परेछ रे । पारसमणिले फलामलाई सुन बनाउँछ भन्छन्, यिनीसँग सुनलाई पित्तल बनाउने खुबी रैछ । किन नहुनु त सुन जस्तो देशलाई पित्तल बनाउन सफल जो छन् । जाबो दुई चार किलो सुनलाई पित्तल बनाउन के गाह्रो भो र ? जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? तपाईं सोध्नुहोला कि त्यत्रो सुन जान्छ चाहिँ कहाँ होला भनेर ? ‘इधरका माल उधर’ भन्ने त सुन्नुभएकै होला । अर्थात् सुन मगाउने उधरकैले हो, लाने व्यवस्था मिलाउने पनि उधरकैले हो । इधरकाले त केवल भन्सार छलाइदिए र बोर्डर सोर्डर मिलाइदिएबापत यसो छ्याकन पाउने न हुन् । सेटिङ बिग्रिँदा झुक्किएर फेला परेका सुन जति नियमअनुसार त राष्ट्र बैंक जानुपर्ने हो । तर खासमा चैं त्यो सबै सुन अख्तियारले लैजान्छ । अख्तियारले किन लान्छ भन्नुहोला । ल, भ्रष्टाचारका आरोपी सबैलाई सुनपानीले चोख्याउन परेन ? देशैभरि भएका यति धेरै भ्रष्टाचारीलाई चोख्याउन सुन पनि त धेरै चाहियो नि । कसो ? खैर यो सुनको महिमा वर्णन गरी साध्यै छैन । सुन एक, तर यसका अर्थ अनेक । लौ सुन्नुस् सुनका विषयमा सामाजिक सञ्जालमा भेटिएका सुन विज्ञहरूबाट संकलित तथा यो पंक्तिकारबाट सम्पादित र थपित सुनका विभिन्न अर्थ । सत्यम् शिवम् सुन–धरम् – सुन नै सत्य हो, सुन नै कल्याणमय हो, सुन नै धर्म हो ।  सुनसान – सुन धेरै हुँदा जाग्ने शान, सुन दिएर शान्त पारिएको अवस्था । सुन्दरी – सुनको गहना लगाएर राम्री बनेकी युवती, सुनको धागोले बिट मारेर बुनेको चगटी, गुन्द्री वा दरी । सुन्तला – भन्सार छलेको सुनबाट घरमा थपेको तला । मनसुन – सुनवालाले मन खोलेर भन्सारका कर्मचारीलाई दिने सुन उपहार । भनसुन – सुन छुटाउन सहयोग गर्नुपर्‍यो भनेर सुनवालाले ठूलाबडालाई भन्न जाने काम । लसुन – सुनवालाले काम फत्ते गरेबापत ‘ल (लिनुस्) सुन’ भनेर उपहार दिने काम । सुनपानी – जलहरीको सुन पग्लेर पानी बनेको अवस्था । सुनसरी – सुनको सट्टा नगद दिएको अवस्था, भन्सारमा फेला परेको सुन प्रहरीकोमा पुगेपछि पित्तलमा परिणत हुँदा त्यसलाई सुनसरह मान्नुपर्ने अवस्था । सुन होइन रहेछ, सरी (माफ गर्नुहोला) । सुनामी – सुनको वास्तविक मालिकको नाम लिँदा आउन सक्ने राजनीतिक उथलपुथल । गरीबलाई चमेली सुन्–दिने कोई छैन – काठमाडौंमा सडक व्यापारलाई व्यवस्थित गर्नुको साटो उन्मूलन नै गर्ने अभियानका पीडित गरीबहरू र सुन तस्करबाट शोषित गरीब भरियाहरूको साझा क्रन्दन गीत । सुनौलो – सुन समातिएपछि औलोझैं आउने ज्वरो, नौलो नौलो पोकाबाट ल्याएको सुन । भुसुना – सुन ल्याएको बिर्सने प्राणी । सुनियोजित – सुन ल्याउने योजना सहितको । बिसुन – सुन सुकाउने ठाउँ । सुनमा सुगन्ध – गुप्तांगमा लुकाएर ल्याइएको सुन । सोनी – टिभीमा लुकाएर ल्याएको सुन । सुनयन – सुन देखेपछि मात्रै खुल्ने आँखा । सुनाखरी – सुनलाई पनि पित्तल लेख्ने खरी वा कलम । सुनाम – सुन बोकेर कमाउने नाम । सुनगाभा – सुनलाई गाभेर बनाएको कुनै मेसिन, जस्तै – ब्रेक शु । इतिश्री सुन अध्याय समाप्त ।

भैरहवा भन्सारमा सेटिङमा तस्करी

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।