हट्यो ड्राइपोर्टको हरियो लेन

वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याइने गरेको रहस्य खुलेपछि भन्सार विभागले जाँचपासको हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका वस्तु जाँचपास हुने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएको रहस्य बाहिर आएपछि विभागको जोखिम मूल्यांकन समितिले उक्त लेन नै हटाइदिएको हो ।  भन्सारमा हरियो, पहेंलो र रातो लेनमा आयातित वस्तुको जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । आयातकर्ताले यही लेनमा आउने वस्तु भन्दै सुपारी आयात गरेको भेटिएपछि अहिलेका लागि यो लेन नै हटेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए ।  ‘एउटा भनेर अर्कै सामान ल्याएको भेटिएपछि हामीले नै भन्सार विभागलाई आग्रह गरेर यो व्यवस्था हटाउन आग्रह गरेका हौं । अहिले पहेंलो र रातो लेनमा मात्रै जाँचपास भइरहेको छ,’ शर्माले भने राजस्व छल्ने सम्भावना नभएका वस्तु हरियो लेनमा आउँछ ।  यस्ता वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेंलोमा आयातसम्बद्ध कागजात जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेर मात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।  राजस्व चुहावट नहुने भनिएको हरियो लेनबाट आउने कुखुराको दाना र मुसुरो दालको कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कुटरलगायत सामान फेला परेको हो ।  केही व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको भन्सार अधिकारी बताउँछन् । सुक्खा बन्दरगाहमा विगत ४ वर्षदेखि अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपछि यो रहस्य खुलेको हो ।  भन्सारले गत मङ्सिर १० गते त्यहाँ थन्किएका ४०० भन्दा बढी कन्टेनर लैजान सूचना निकालेको थियो । भन्सार हातामा प्रवेश गरेको ६० दिनभित्र मालसामान जाँचपास गराइसक्नुपर्ने प्रावधान भन्सार ऐनमा छ । यो समयभित्र जाँचपास नगराए जफत गर्न सकिने व्यवस्था छ ।  आयातकर्ता मालसामान लिन नआएपछि ती कन्टेर खोलर हेर्दा घोषणाभन्दा फरक वस्तु भेटिएको हो । भन्सार विभागका अधिकारीले वीरगञ्ज आएर कन्टेनर जाँचबुझ गरेका छन् । अधिकांश वस्तु कुहिएको र नष्ट गर्नुपर्ने अवस्थामा रहेको भन्सारले जनाएको छ । चार सयमध्ये सयभन्दा बढी कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएपछि भन्सारले आयातकर्तालाई उपस्थित हुन पत्र काटेको छ ।  सरकारले २०७६ चैतमा सरकारले केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसैबेला तत्कालीन सत्ताधारी दलसम्बद्ध राजनीतिज्ञ, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा प्रतिबन्धित वस्तु भित्त्याउने धन्धा चलेको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए । यो प्रकरणमा तलदेखि माथिसम्म सेटिङ भएको दाबी ती अधिकारीले गरे । ‘सेटिङ नभई यो हदको बदमासी हुनै सक्दैन । सबै मिलेमतोमै भएको हो,’ पहुँचवाला र शक्तिशालीको मिलेमतोको काम भएकोले आफूलाई दु:ख दिन सक्ने भन्दै नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने ।

सम्बन्धित सामग्री

पछि हट्यो भारत

काठमाडौं, मंसिर २१ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसँग कुनै समन्वय नगरी महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ। भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले विरोध गरेपछि तनाव उत्पन्न भएको र भारतीय पक्षले तटबन्धको निर्माण कार्य रोकेको हो। महाकाली नदीको धार नेपालतर्फ फर्कंदा दार्चुला सदरमुकाम खलंगालगायत बस्ती नै बगाउने उच्च […]

बाँकेमा रगतको अभाव हट्यो

काठमाडौँ,२४ असार । बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । “हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले […]

सरुवा रोग अस्पताल टेकुले सुरु गर्‍यो कुष्ठरोगको उपचार

यसअघि कुष्ठरोगीलाई टीकाभैरवस्थित आनन्दवन अस्पताल पठाउने गरिएकामा अब त्यो बाध्यता हट्यो देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने...

स्वदेशी पुनर्बिमा कम्पनीमा शतप्रतिशत पुनर्बिमा गर्नुपर्ने व्यवस्था निष्क्रिय

आफ्नै निर्णयबाट पछि हट्यो बिमा समिति नेपालमा सञ्चालित बिमा कम्पनीहरूले शतप्रतिशत पुनर्बिमा स्वदेशी पुनर्बिमा कम्पनीमा नै गर्नुपर्ने निर्णयबाट बिमा समिति पछि हटेको छ । समितिले २८ वैशाखमा परिपत्र जारी गर्दै पुनर्बिमासम्बन्धी नयाँ...

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणकाे कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । […] The post हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हट्यो निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए […] The post हट्यो निषेधाज्ञा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली […]

बेलायतमा १६ महिनापछि ‘लकडाउन’ हट्यो

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ । कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् । तर, संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको बताउँदै ‘फ्रिडम डे’ को रूपमा घोषणा गर्नुभएको छ । […]