सुन सुन हे कान्छा !

हाम्रो देशमा सुन भनेसी मान्छे भुतुक्कै हुन्छन् । तर समय परिस्थिति अनुसार यो सुनको अर्थ अनर्थ पनि हुन पुग्दो रहेछ, सामान्यतया सोचिने भन्दा फरक अर्थ पनि बोक्दो रहेछ । नपत्याए ल पढ्नुस् । सुन सुन हे कान्छा भनेको त सुन्नु हैन रहेछ, पहेँलो धातु पो रहेछ । पहिले सुनै सुनको लंका श्रीलंका भन्ने बुझ्थे । अहिले हामै्र देशकोे एयरपोर्ट । जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? हङकङ, सिंगापुर, साउदी अरबहरू पनि क्या दानी क्या ! नेपाल गरीब छ भनेर माया गरेर नेपालको एयरपोर्टसम्मै सुन ल्याइदिन्छन् भन्या । कहिले कपको पिँध बनार, कहिले ब्रेक शुमा छिरार, कहिले बिजुली चुरोटमा घुसार, कहिले पानी तान्ने पम्पमा पेलेर । कहिले शरीरभित्र लुकाएर । अझ मगन्ते घुमन्तेलाई त औंठी, सिक्री के के भिरार ठ्याक्कै ५० ग्राम प्रतिटाउको पठाइदिन्चन् भन्या । देवकोटाका मदन सुनका डल्ला लिन तिब्बत धाउँथे, अचेलकी मुना दुबई उड्छिन् । अनि तिब्बतले ऊ बेला सुनका डल्ला पठाउँथ्यो अहिले ल–सुनका पोटी । आखिर ल–सुनमा पनि सुन त छँदै छ नि । त्यसैले हाम्री बज्यै भन्थिन्, ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ । अहिले एयरपोर्टमा सुन छ, तर मेरो लकर रित्तै । जे होस्, मान्छे भनेको व्यवसायी दीपक मल्होत्रा जस्तो लोभ लालच नभएको हुनुपर्छ है । सबैले १०० केजी सुन तेरो हो भन्दा पनि पत्रकार सम्मेलन नै गरेर मेरो होइन भनेर ठोकुवा गरे । त्यै सुन तेरो हो भन्देलान् भनेर राकेश अडुकिया चैं भाग्यो रे । उहिले त्यागको महिमा गाउँथे । क्विन्टलका क्विन्टल सुन मेरो होइन भन्न सक्ने मान्छेहरू जति ठूलो त्यागी अरू कोही हुन सक्छ दुनियाँमा ? सुन देखेपछि आँखाको चमक नै उड्छ भन्थे, हो रै छ । पुराना मोबाइलधरि ठ्याक्कै समात्ने आँखा, सुन देखेपछि तिरमिर तिरमिर भर केही चिनिन्न बा ! त्यही भएर एक्सरे स्क्यानर भएर पनि बिचरा कर्मचारीले सुनै चिन्न नसकेका । किन्नै नसक्नेले चिन्ने कुरो पनि आएन नि । पञ्चायतकालमा एउटा सांसद थिए । उनको सुन समातियो । अनि गएर भाषण गरे, ‘सबैलाई सानो बुलाकी लगाइदिऊँ भनेको सरकारले सबै खोस्यो’, भोट जति तिनैले पाए । तिनको नामै सुन बुढा भयो रे । सरकारलाई थाहा नभई सुन तस्करी नै हुन्न रे । महान् पूर्वप्रधानमन्त्री बाले आफ्नो अनुभव सुनाइरहन्छन् । आफ्ना पालामा तस्करी भयो भन्दैमा सबैका पालामा नहोला, तिनलाई बुझाउने कसले ? अनि अनुभवहीन प्रधानमन्त्रीलाई ज्ञान बाँड्दा पनि मान्छे कुरा काट्छन् भन्या । अनि तिनै प्रधानमन्त्रीका पालामा सुन तस्कर समातिए, सुन अहिलेसम्म फेला पर्‍या छैन । राजस्व अनुसन्धान विभागलाई प्रम कार्यालयकै मातहतमा ल्याउँदा पनि ३३ किलो सुन अहिलेसम्म फेला परेन । तिनैका पालामा कति किलो हो सुन समातेको, परीक्षण गर्दा पित्तल पो परेछ रे । पारसमणिले फलामलाई सुन बनाउँछ भन्छन्, यिनीसँग सुनलाई पित्तल बनाउने खुबी रैछ । किन नहुनु त सुन जस्तो देशलाई पित्तल बनाउन सफल जो छन् । जाबो दुई चार किलो सुनलाई पित्तल बनाउन के गाह्रो भो र ? जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? तपाईं सोध्नुहोला कि त्यत्रो सुन जान्छ चाहिँ कहाँ होला भनेर ? ‘इधरका माल उधर’ भन्ने त सुन्नुभएकै होला । अर्थात् सुन मगाउने उधरकैले हो, लाने व्यवस्था मिलाउने पनि उधरकैले हो । इधरकाले त केवल भन्सार छलाइदिए र बोर्डर सोर्डर मिलाइदिएबापत यसो छ्याकन पाउने न हुन् । सेटिङ बिग्रिँदा झुक्किएर फेला परेका सुन जति नियमअनुसार त राष्ट्र बैंक जानुपर्ने हो । तर खासमा चैं त्यो सबै सुन अख्तियारले लैजान्छ । अख्तियारले किन लान्छ भन्नुहोला । ल, भ्रष्टाचारका आरोपी सबैलाई सुनपानीले चोख्याउन परेन ? देशैभरि भएका यति धेरै भ्रष्टाचारीलाई चोख्याउन सुन पनि त धेरै चाहियो नि । कसो ? खैर यो सुनको महिमा वर्णन गरी साध्यै छैन । सुन एक, तर यसका अर्थ अनेक । लौ सुन्नुस् सुनका विषयमा सामाजिक सञ्जालमा भेटिएका सुन विज्ञहरूबाट संकलित तथा यो पंक्तिकारबाट सम्पादित र थपित सुनका विभिन्न अर्थ । सत्यम् शिवम् सुन–धरम् – सुन नै सत्य हो, सुन नै कल्याणमय हो, सुन नै धर्म हो ।  सुनसान – सुन धेरै हुँदा जाग्ने शान, सुन दिएर शान्त पारिएको अवस्था । सुन्दरी – सुनको गहना लगाएर राम्री बनेकी युवती, सुनको धागोले बिट मारेर बुनेको चगटी, गुन्द्री वा दरी । सुन्तला – भन्सार छलेको सुनबाट घरमा थपेको तला । मनसुन – सुनवालाले मन खोलेर भन्सारका कर्मचारीलाई दिने सुन उपहार । भनसुन – सुन छुटाउन सहयोग गर्नुपर्‍यो भनेर सुनवालाले ठूलाबडालाई भन्न जाने काम । लसुन – सुनवालाले काम फत्ते गरेबापत ‘ल (लिनुस्) सुन’ भनेर उपहार दिने काम । सुनपानी – जलहरीको सुन पग्लेर पानी बनेको अवस्था । सुनसरी – सुनको सट्टा नगद दिएको अवस्था, भन्सारमा फेला परेको सुन प्रहरीकोमा पुगेपछि पित्तलमा परिणत हुँदा त्यसलाई सुनसरह मान्नुपर्ने अवस्था । सुन होइन रहेछ, सरी (माफ गर्नुहोला) । सुनामी – सुनको वास्तविक मालिकको नाम लिँदा आउन सक्ने राजनीतिक उथलपुथल । गरीबलाई चमेली सुन्–दिने कोई छैन – काठमाडौंमा सडक व्यापारलाई व्यवस्थित गर्नुको साटो उन्मूलन नै गर्ने अभियानका पीडित गरीबहरू र सुन तस्करबाट शोषित गरीब भरियाहरूको साझा क्रन्दन गीत । सुनौलो – सुन समातिएपछि औलोझैं आउने ज्वरो, नौलो नौलो पोकाबाट ल्याएको सुन । भुसुना – सुन ल्याएको बिर्सने प्राणी । सुनियोजित – सुन ल्याउने योजना सहितको । बिसुन – सुन सुकाउने ठाउँ । सुनमा सुगन्ध – गुप्तांगमा लुकाएर ल्याइएको सुन । सोनी – टिभीमा लुकाएर ल्याएको सुन । सुनयन – सुन देखेपछि मात्रै खुल्ने आँखा । सुनाखरी – सुनलाई पनि पित्तल लेख्ने खरी वा कलम । सुनाम – सुन बोकेर कमाउने नाम । सुनगाभा – सुनलाई गाभेर बनाएको कुनै मेसिन, जस्तै – ब्रेक शु । इतिश्री सुन अध्याय समाप्त ।

सम्बन्धित सामग्री

फोहाेरमा पनि सुन फल्छ !

देउखुरी – मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ। तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहाेरमा पनि सुन फलाउन सकिँदोरहेछ। सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो। भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा […]

फोहोरमा पनि सुन फल्छ

देउखुरी, १ फागुन । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहोर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो । भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक […]

फोहरमा पनि सुन फल्छ

देउखुरी/ मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो । भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य […]

प्रत्येक महिना दुई अर्बको सुन नेपाल भित्रन्छ, कहाँबाट आउँछ नेपालमा सुन ?

नेपालमा प्रत्येक महिनामा औषतमा करिव दुई अर्ब रुपैयाँको सुन भित्रने गरेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चार महिनामा नेपालमा ७अर्ब९५करोड१८लाख ७२ हजार रुपैयाँको १ हजार ११६.ं५४ केजी सुन भित्रिएको छ। युनाइटेड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट नेपालमा सुन आउने गरेको छ। सो अवधिमा युएईबाट मात्र ६अर्ब रुपैयाँभन्दा बढीको सुन नेपालले आयात गरेको छ।

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ…

‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ का विजेतालाई सुन हस्तान्तरण

काठमाडौं, ११ पुस । भुक्तानी प्रणाली फोन पे ले “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरेको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल विजेतालाई सुन हस्तान्तरण गरेको हो । कार्यक्रममा सहभागी भई १ तोला […]

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

भरियाका माध्यमबाट सुन तस्करी

तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।...

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन

काठमाडौं बाहिर पनि सुन वितरण

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउन...