रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्दैछन् । राष्ट्रपतिद्वयबीच वार्ता हुने योजनारहेको मस्कोका स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। पेस्कोभले अमेरिकी पक्षबाट वार्ताका लागि लिखित अपील गरि