माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दरार साँघुरो हुँदै गएको संकेत देखिएको छ । गत वर्षको पुसयता भेटघाट त टाढाको कुरा राम्ररी संवाद समेत नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको छ । हुन त गत मंसिर २४ गते कांग्रेसको १४ औं महाधिवेशनमा ओली र प्रचण्ड करीब ११ महिनापछि एउटै मञ्चमा देखिएका थिए । गत वर्षको पुस ५ मा तत्कालिन प्रधानमन्त्रीको रूपमा केपी ओलीले संसद विघटन ...