कोभिड-१९ लाई 'चाइना भाइरस' भन्ने अमेरिकी राष्ट्रपतिले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष

काठमाडौं: ट्रेड वार हुँदै कोरोना वारमा जुधिरहेका चीन र अमेरिका कोभिड-१९ विरुद्ध एकापसमा मिलेर काम गर्ने भएका छन्। दुई देशका नेताहरु शुक्रवार टेलिफोन वार्ता गर्दै यस विषयमा सहमत भएका हुन्। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपति सि जिङफिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी २० भर्चुअल समिटपछि टेलिफोन वार्ता