माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रको यस्तो छ पारित समसामयिक प्रस्ताव (पूर्णपाठसहित) ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल […]

सम्बन्धित सामग्री

देउवाको यूटर्न, प्रचण्ड–माधबसँग नयाँ सहमति !

फागुन १४, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको अन्तिम प्रयास भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा यू टर्न भएका छन् । एमसीसी पारित गराउन एमालेको साथ खोजेका प्रधानमन्त्री देउवाले गठबन्धन जोगाउने गरी एमसीसी पारित गराउन यू टर्न भएका हुन् । देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग नै सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन् […]

एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले...

अबको १० दिन देउवा, ओली र प्रचण्डका लागि चुनौतीपूर्ण

काठमाडौं, ६ फागुन । एमसीसीबारे सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुगेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने अडानमा छन् । तर, टेबल गर्ने अवस्था निर्माण गर्न सकेका छैनन् । सत्ता गठबन्धनको बैठक दिनहुँ जसो बसेपनि निष्कर्ष निस्किएको छैन । देउवालाई ८ फागुनसम्म कुर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भनेका छन् । त्यसमा […]

कांग्रेस संसदीय दल बैठकः एमसीसी पारित गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकास परियोजना […]

एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख […]

एमसीसी पारित गर्न कांग्रेस तयार, भोलिको बैठकमा पेस गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । “एमसीसी चलेका देशमा सेना आएका छैनन् । भोलिको बैठकमा पेस हुन्छ,” बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने, “सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।”

एमसीसी संसदमा छलफल गराएर पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन कायम नभए पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा एमसीसीबारे छलफल गराएका थिए । देउवाले एमसीसीबारे पार्टीमा छलफल नै नगराएको कांग्रेस नेताले आरोप लगाएपछि उनले कार्यसम्पादन समितिको बैठकमा छलफल गराएका हुन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष राखेको नेता शशांक कोइरालाले बताए ।  बैठकबा...

माओवादी केन्द्रको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैन

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौ महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको हो। ‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र अन्तराष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले […]

एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्न सबैलाई अपिल गरेका छन्। सोमवार बसेको जनवर्गीय संगठनहरुको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ। बैठकले सरकार, राजनीतिक पार्टीहरु, सांसदलगायत नागरिक समाजको ध्यानाकर्षण गर्दै सम्झौताको व्यापक विरोध गर्न अपिल गरेको हो। बैठकले देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड…